‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ निर्माणको कार्य सुरु

‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ निर्माणको कार्य सुरु


चितवन । चितवनमा बन्न लागेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ को निर्माण कार्य सुरु भएको छ । चितवनको भरतपुर महानगरपालिका १५ स्थित सन्तपुरमा बन्न लागेको रंगशालाको निर्माण कार्य सुरु भएको हो ।

सुरुवातमा निर्माणस्थलको बाउण्ड्री लगाउने काम सुरु भएको छ । ‘राष्ट्र निर्माण, तपाई हाम्रो अभियान’ भन्ने मुल नाराका साथ धुर्मुस-सुन्तली फाउण्डेशनले ३ अर्बको लागतमा रंगशाला बनाउन लागेको हो ।

भरतपुर महानगरपालिकाले आवश्यक पर्ने जग्गा उपलब्ध गराएपछि रंगशाला निर्माणको गर्ने बाटो खुलेको हो । उक्त रंगशाला जनसहयोगबाटै बन्न लागेको हो । अहिले आवश्यक कर्मचारी भर्ना गर्ने प्रक्रिया समेत चलिरहेको छ । त्यस्तै विभिन्न क्षेत्रबाट सहयाृेग पनि जुट्न क्रम जारी छ ।

Logo