आवश्यकता पूर्ति गर्न सक्ने औषधिको आयातमा बन्देज लगाइने

आवश्यकता पूर्ति गर्न सक्ने औषधिको आयातमा बन्देज लगाइने

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ
स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले नेपालले आवश्यकता पूर्ति गर्न सक्ने औषधिको आयातमा बन्देज लगाउने बताएका छन् । चितवनमा जारि नेपाल फर्मा एक्स्पोमा उनले नेपाललाई औषधिमा आत्मनिर्भर बनाउन औषधिजन्य कच्चा पदार्थ स्वदेशमा बनाउनु पर्ने बताए ।

उनले भने, बाहिरबाट आएका भन्दा राम्रो गुणस्तरको औषधि हामी दिन्छौं भन्ने प्रत्याभुति दिनु पर्छ । अन्यथा आयातमा प्रतिबन्ध लगाउन सकिदैन । आत्मनिर्भरका लागि सरकारले तीन वटा महत्वपूर्ण नीतिसमेत लिइसकेको उनले बताए । सुरुवाति चरणमा समय सिमा तोकेर मात्रै आयातमा प्रतिबन्ध लगाउने र नेपालमा उत्पादन गर्न नसक्ने औषधिको आयातलाई भने निरन्तरता दिने छौं ।
नयाँ पत्रिकाबाट

Skip This
Skip This
Logo