दार्चुला जीप दुर्घटनामा मृतक सबैको सनाखत (नामावली)

दार्चुला जीप दुर्घटनामा मृतक सबैको सनाखत (नामावली)

केन्द्रबिन्दु
0
Shares

दार्चुलामा शुक्रबार राति भएको जिप दुर्घटनामा मृत्यु भएका ११ जनाको सनाखत भएको छ।

मृत्यु हुनेमा दार्चुलाको दुहु गाउँपालिका वडा नम्बर २, हिकलाका ४१ वर्षीय कल्याणसिंह धामी, सोही ठाउँका १७ वर्षीया निर्मला बडाल, सोही ठाउँकी ३५ वर्षीया परुली धामी, दुहु गाउँपालिकाकै वडा नम्बर १ का २४ वर्षीय धनबहादुर बम, सोही गाउँपालिका वडा नम्बर ४ की ५५ वर्षीया अम्मरा बम, सोही ठाउँकी ७ वर्षीया आयुशा बम, सोही गाउँपालिका वडा नम्बर १, पिपलचौरीकी ४५ वर्षीया गोमती बम, सोही ठाउँकी ७१ वर्षीया धाना बम र दुहु गाउँपालिकाकै वडा नम्बर १ की ५३ वर्षीया मानवती भट्टको मृत्यु भएको हो।

यसैगरी बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ६, सिलडका ६० वर्षीय प्रताप चन्द भनिने धनबहादुर चन्द र २१ वर्षीया स्नेहा बम रहेका छन् ।  सबै शव अहिले जिल्ला अस्पताल(दार्चुला) मा राखिएको छ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रमुख प्रहरी निरीक्षक रवीन्द्र कठायतका अनुसार सदरमुकामबाट हिकिलाका लागि छुटेको म १ ज २८० नम्बरको जिप दुहु गाउँपालिका ३ राताकाठाको भिरमा खसेको हो ।

चालक दिपकसिंह धामी गम्भीर घाइते अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  उनलाई जिल्लामा उपचार हुन नसकेपछि भारतको पिथौरागढ रिफर गरिएको प्रहरीले जनाएको छ ।

Logo