दार्चुला । दार्चुलामा जीप दुर्घटनामा हुँदा १० जनाको मृत्यु भएको छ । दार्चुला सदरमुकामबाट दुउ को लागि हिँडेको म१ज २८० नम्बरको जीप तिंकर सडक अन्र्तगत राताकाठा भिरमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
जीप सडकबाट २ सय मिटर तल महाकाली नदि किनारमा खसेको छ । उद्धारको कार्य जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।
घाइते चालक दिपक धामीलाई उपचारको लागि जिल्ला अस्पताल दार्चुला लगिएको छ । उद्धारको लागि जिल्ला प्रहरी कार्यालय दार्चुलाको प्रहरी टोली घटनास्थलमा रहेको छ । मृतकको सनाखत हुन सकेको छैन् ।





























प्रतिक्रिया