काठमाडौँ
भारत र पाकिस्तानमा भइरहेको युद्धका कारण पाकिस्तानको आकाश हुँदै नेपाल आवतजावत गर्ने विमानको उडान प्रभावित भएको छ । नेपाल उडान गर्ने कतार एयरवेज, टर्किस एयरलाइन्स र इतियाज एयरको उडान प्रभावित भएको हो ।
पाकिस्तानले भारतको बाटो हुँदै आफ्नो एयर रुटमा प्रवेश गर्न रोक लगाएको छ । सोही कारणले गर्दा पाकिस्तान हुँदै भारत भएर नेपाल आवतजावत विमानहरुको उडान प्रभावित भएको हो ।
त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतावबाबु तिवारीका अनुसार कतार एयरवेजले बैकल्पिक रुटको प्रयोग गरेर उडान गरेको छ । तर टर्किस र इतियाज एअरको उडान भने रद्द गरिएको छ ।
कतार एयरवेजको विमान भने पाकिस्तानको आकाश छलेर बैकल्पिक रुटबाट उडेको छ । तिवारीका अनुसार बिहान ११ः३० उड्नुपर्ने विमान पाकिस्तानले रोक लगाएपछि बैकल्पिक रुटको प्रबन्ध मिलाउँदा दिउँसो मात्रै उडेको थियो ।
त्यसैगरी टर्किस एयरलाइन्सको जहाज उडेको छैन् । बुधबार दिउँसो १२ बजे उड्नुपर्ने जहाज पाकिस्तानले रोक लगाएसँगै विमानस्थलमै थन्किएको छ । त्यसैगरी इतिहाद एयरवेजले पनि उडान रद्द गरेको छ । युएइको यो एअरवेजले नेपाल आउने उडान रद्द गरेको हो ।
नागरिकबाट





























प्रतिक्रिया