मन्त्री अधिकारी र अंगरक्षकको शव पहिचान- गृह मन्त्रालय

मन्त्री अधिकारी र अंगरक्षकको शव पहिचान- गृह मन्त्रालय

केन्द्रबिन्दु
0
Shares

पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जना सवार एयर डाइनेष्टिको हेलिकप्टर खराब मौसमका कारण भएको गृह मन्त्रालयले जनाएको छ । गृहका प्रवक्ता रामकृष्ण सुवेदीले खराब मौसमका कारण दुर्घटना भएको बताएका  हुन् ।

प्रवक्ता सुवेदीले  दुर्घटनामा ज्यान गुमाएका मन्त्री अधिकारी र उनका अंगरक्षक अर्जुन घिमिरेको शव पहिचान भइसकेको छ । सुवेदीले मन्त्री अधिकारीको शरीरको केही भाग जलेको बताए ।

गृहमन्त्रालयका अनुसार घटनास्थलतर्फ नेपाली सेना, एयर डाइनेष्टि र स्रिमीकको हेलिकोप्टर गएको छ । खराब मौसमका कारण  हेलिकोप्टर अवतरण हुन सकेको छैन ।

Logo