भारत र पाकिस्तानलाई नेपालको आग्रह- ‘संयम होऔं’

भारत र पाकिस्तानलाई नेपालको आग्रह- ‘संयम होऔं’

केन्द्रबिन्दु
0
Shares

नेपालले भारत र पाकिस्तान दुबैलाईअधिकतम संयम अपनाउन आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै वार्ता र शान्तिपूर्ण माध्यमद्वारा समस्या समाधानका लागि आग्रह गरेको हो  ।

पलवामा भएको आतंकवादी हमलापछि भारत र पाकिस्तानबीच बढेको  तनावलाई लिएर नेपाल सरकार चिन्तित बनेको उल्लेख गर्दै घृणित कार्यको निन्दा गरिसकेको जनाएको छ ।

‘सार्कको अध्यक्ष राष्ट्रका नाताले नेपाल दक्षिण एसियामा शान्ति र स्थायित्वको महत्वमा जोड दिन चाहन्छ, साथै दुवै पक्षलाई अधिकतम संयम अपनाउन र यस क्षेत्रमा शान्ति र सुरक्षामा खलल पुग्ने कार्य नगर्न आग्रह अर्दछ । साथै तनावलाई कम गरेर स्थिति सामान्यिकरण गर्नका लागि वार्ता र शान्तिपूर्ण माध्यममार्फत समाधान खोज्न पनि आग्रह गर्दछौं ।’ विज्ञप्तिमा उल्लेख छ ।

Logo