देशभरमा एक सय ३६ तारे होटल सञ्चालनमा

देशभरमा एक सय ३६ तारे होटल सञ्चालनमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

देशभर पर्यटकीय गतिविधि बढेसँगै पर्यटक स्तरीयदेखि अन्तर्राष्ट्रिय चेन होटल थपिने क्रममा छन् । भूकम्पपछि मात्रै एक खर्ब रुपैयाँ भन्दा बढी लगानी होटल उद्योगमा भित्रिएको छ । ती लगानीका होटल निर्माण क्रममा छन् । सञ्चालनमा आउन अझै केही समय लाग्नेछ ।

निर्माण सम्पन्न भएर सञ्चालनमा आएका तारे होटलको संख्या एक सय ३६ पुगेको छ । यो मुलुकभर सञ्चालनमा आएका पाँचदेखि एक तारे होटलको संख्या हो । पर्यटन विभागका अनुसार मुलुकभर पाँच तारे ११ वटा, चार तारे ६ वटा र तीन तारे होटल ३५ वटा सञ्चालनमा छन् । यस्तै दुई तारे ४७ र एक तारे होटल ३७ वटा छन् ।

विभागका अनुसार होटल निर्माण भएर सञ्चालनमा आएपछि त्यसको भौतिक संरचनादेखि सेवा सुविधा हेरेर तारा प्रदान गरिन्छ । निर्माण गर्दा पाँच ताराको दाबी गरे पनि त्यस्ता होटलको मापदण्ड अनुसार मूल्यांकनपछि मात्रै होटलले ताराको गे्रडिङ पाउँछ ।

विभागको तथ्यांक अनुसार मापदण्ड पूरा गरेर पाँच ताराको ग्रेडिङ पाएका होटल ११ वटा छन् । ती मध्ये आठ वटा काठमाडौं उपत्यकामा छन् भने बाँकी तीन पोखरा र भैरहवामा छन् । त्यसमध्ये पोखराको द फूलबारी र काठमाडौंको एभरेस्ट होटल बन्द छन् ।
नागरिकबाट

Logo