काठमाडौं । दशा बजाएर आउँदैंन भन्ने हाम्रो समाजमा चर्चित उखान छ । हुन पनि राम्रै मानिस पनि एकैछिनमा नराम्रो हुनसक्छ । अर्थात उसलाई एकैछिनमा दशा लाग्न सक्छ ।
यस्तै दशासँग संघर्ष गरिरहेका छन्, जीतबहादुर गन्धर्व । थानकोट क्षेत्रमा सारंगी बजाउँदैं आएका जीतबहादुर आफ्नै जीवनसँग हरेस खाँदैं आएका छन् ।
बिडम्बना त के भयो भने समाजलाई सारंगीको माध्यमले सुसुचित गराउँदा गराउँदै आज उनी आफैं गीत बनेका छन् । र, उनको पीडामाथि यसरी सारंगी रुवाउँदै कथाहाल्न थालिएको छ ।
यी तन्नेरी जीतबहादुरका दुवै मृगौलाले काम गर्न छोडेका छन् । सारंगी बजाउँदै गीत गाएवापत स्रोता तथा दर्शकले खुसी भएर दिएको दान नै जीतबहादुरको तलव–भत्ता हुँदै आएको थियो । त्यही जोहो गरेर ल्याएको रकमले जीतबहादुर आफूमात्र पालिदैनथे । श्रीमती र छोरी समेत पाल्दथे । उनकी श्रीमती रिताको दिन छोरी हुर्काउँदै र घरायसीकाममा ब्यस्त हुँदाहुँदै सकिन्छ ।
अहिले झन थपिएको छ, श्रीमानलाई वीर अस्पतालमा मृगौलाको (डाइग्नोसिस) उपचारका लागि सातामा तीन दिन लैजानपर्ने बाध्यता । एकातिर घर गुजारा गराउने श्रीमान नै विरामी तथा उनको रेखदेख गर्नुपर्ने । यस्तै समस्याबाट पिडित गन्धर्व परिवार उपचारको लागि आर्थिक अभावमा परेको छ ।
कसैले मृगौला दान गरेपछि पनि उपचार खर्च ५–६ लाख लाग्ने कुरा डाक्टरले सुनाएपछि जीतबहादुर बिलखबन्धमा परेका छन् । कसरी जुटाउने होला यत्रो विधी रकम ? रोगले गाँज्दै गएपछि स्वासप्रस्वास छिटोछिटो हुँदै जाँदा गीत गाएर हिँड्न पनि असम्भव हुन थालेको उनको अनुभव छ । सहयोगका लागी सम्पर्क फोनः ९८१०२४२९६५ (जीतबहादुर गन्धर्व)





























प्रतिक्रिया