देश विदेशमा आज थुप्रै सकारात्मक तथा नकारात्मक घटना परिघटनाहरु भए । ति घटनाक्रमहरुलाई हामीले केन्द्रबिन्दु डटकम र केन्द्रबिन्दुको युट्युब च्यानल मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । यसरी अपडेट भएका अनेकौ समाचारहरु मध्ये प्रमुख समाचारहरुलाई यहाँ प्रस्तुत गर्दैछौ । हाइलाइट गरिएको शिर्षकहरुमा क्लिक गरेर बिस्तृत समाचार पढ्न सक्नु हुन्छ ।
चीन ५ रनले पराजित, नेपालकाे चाैथाे जित
आइसीसी महिला टी–२० विश्वकप अन्तर्गत एशिया क्षेत्रीय छनोटमा नेपालले चौथो जित दर्ता गरेको छ । आज भएको खेलमा नेपालले चीनलाई ५ रनले हराएको हो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै ७७ रन बनायो । टिममा दुई खेलाडी परिवर्तन गरेको नेपालले पहिलो विकेटका लागि ३२ रनको साझेदारी गरेको थियो । ओपनर सिता रानामगर ११ रनमा आउट भइन । त्यसपछि लगत्तै नेपालको दोस्रो विकेट झर्यो । अर्की ओपनर काजल श्रेष्ठ १८ रनमा आउट भइन् ।
सरकारी चिकित्सक र सरकारबीचको वार्ता निष्कर्षविहीन
आन्दोलनरत सरकारी चिकित्सक र सरकारबीचको वार्ता निष्कर्षविहीन भएको छ। आज स्वास्थ्य मन्त्रालयमा बसेको बार्ता बिनानिष्कर्ष टुंगिएको हो । वार्ताका लागि मन्त्रालयका तर्फबाट स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्रकुमार यादव, सचिव डा. पुष्पा चौधरी र अर्का सचिव चन्द्रकुमार घिमिरे थिए। सरकारी चिकित्सकका तर्फबाट नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठ, सरकारी चिकित्सक संघका अध्यक्ष डा. दिपेन्द्र पाण्डे, उपाध्यक्ष डा. सुनिल पौडेल लगायत थिए। सरकारी चिकित्सक संघका अध्यक्ष डा दिपेन्द्र पाण्डेले सरकारी चिकित्सकका मागका विषयमा सरकार गम्भीर नभएपछि वार्ता निष्कर्षविहीन भएको जानकारी दिए ।
जन्म दिने आमाको कुटाईबाट ४ वर्षीया छोरीको मृत्यु
सन्तानको लागि आमा दया तथा मायाकी खानी हुन् । आमालाई मायाको प्रतिमूर्ति मानिन्छ । तर ताप्लेजुङमा भने त्यही आमा आफ्नै सन्तानको लागि काल बनेर आएकी छन् । आमाको कुटाईबाट एक ४ बषीया बालिकाको ज्यान गएको छ ।
मिक्वाखोला गाउँपालिका–४ साँवा घर भई फुङलिङ बजारमा बस्दैं आएकी ३२ वर्षीया पूजा चेम्जोङ लिम्बुको कुटाईबाट ४ वर्षीया छोरीको ज्यान गएको हो । भनेको नमान्दा पूजाले गत शुक्रबार बिहान चार वर्षीया छोरीलाई कुटपिट गरी सख्त घाइते बनाएकी थिइन् । कुटपिटबाट बालिका बेहोस भएकी थिईन् ।
पद खोज्दै हिँडेको छैन- जनार्दन शर्मा
नेकपाका नेता जनार्दन शर्माले आफु कुनै पद खोज्दै नहिडेको प्रष्ट पारेका छन् । सचारमाध्यममा शर्मा गृहमन्त्री बन्न लागेको समाचार सार्वजनिक भएपछि उनले आज सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै आफु पद खोज्दै नहिँडेको र योजना नबनाएको उल्लेख गरेका हुन् ।अध्यक्षद्वयबीच सरकार पुनर्गठनको सहमति भएको सूचना बाहिर आएपछि नेकपाका कार्यकर्ताहरूबीच विभिन्न अड्कलबाजी भैरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्री मण्डल पुनर्गठन तथा मन्त्रीहरूको जिम्मेवारी हेरफेर गर्न दुइ नेताबीच छलफल समेत भएको थियो।
अफगान खेलाडीले लिए चार बलमा चार विकेट
आजदेखि अन्तराष्ट्रिय नाट्य महोत्सव सुरु
बुटवलको शङ्करप्लाजामा भएको आगलागीबाट एक करोडको क्षति
पार्किङका गर्न लागेको गाडीले किचेर २ जनाको मृत्यु
१ हजार १३२ लेखा अधिकृतहरुको समायोजन, सूची सार्वजनिक
जथाभावी हर्न बजाउने साढे ३० हजार सवारीसाधनमाथि कारबाही
ओस्कार अर्वाडमा लेडी गागाले लगाईन् साढे ३ अर्बको डायमण्ड नेक्लेस
लामो समय काम गर्ने कर्मचारीलाई नियन्त्रण गर्न ड्रोनको प्रयोग
विषाक्त मदिराका कारण मृत्यु हुनेको संख्या १३३ पुग्यो
हङकङ वर्ल्ड प्रिमियरमा ‘पुरानो बुलेट’को तारिफै तारिफ
२०१९ को ९१ औं ओस्कार अवार्डः ग्रीन बुक–सर्वोत्कृष्ट चलचित्र
यसका साथै केन्द्रबिन्दु डटकममा आज राजनीति, सामाजिक, स्वास्थ्य, शिक्षा, आर्थिक, प्रबिधि, कला, लाइफस्टाइल, खेलकुद, बिश्व बिबिध, बिचार लगायतका थुप्रै समाचारहरु प्रकाशन भएका छन् । सबै समाचार पढ्न यहाँ क्लिक गर्न सक्नु हुन्छ। त्यस्तै केन्द्रबिन्दुको युट्युब च्यानल मा पनि बिभिन्न समाचार र मनोरोजनात्मक सामग्रीहरु प्रकाशन भएका छन् ।





























प्रतिक्रिया