काठमाडौं । नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीलाई स्वच्छ वातावरण महाअभियानको अभियान्ता बनेका छन् । वन तथा वातावरण मन्त्रालयले उनीहरुलाई स्वच्छ वातावरण महाअभियानको अभियान्तामा नियुक्त गरेको हो ।
मन्त्रालयको फागुन ७ मा बसेको मन्त्रीस्तरीय निर्णयले उनीहरूलाई स्वच्छ वातावरण महाअभियानको अभियन्ताको रूपमा नियुक्त गरेको हो । मन्त्रालयले उनीहरूलाई एक वर्षका लागि अभियन्तामा नियुक्त दिएको हो ।
अभियान्ताको रूपमा नियुक्त भएका उनीहरूले देशभर स्वच्छ वातावरण बनाउनका लागि जनचेतनाको कार्यक्रमहरू गर्नेछन्।
केही साताअघि मात्र सामाजिक काममा योगदान पुर्याउने उद्देश्यका साथ उनीहरुले आयंका फाउन्डेसन दर्ता गराएका थिए । प्रियंका र आयुष्मान स्वच्छ वातावरण महाअभियानको अभियन्ताको रूपमा आफूलाई पाउँदा एकदमै खुसी लागेको प्रतिक्रिया दिएका छन् ।





























प्रतिक्रिया