काठमाडौं । घुस प्रकरणमा मुछिएका अख्तियारका आयुक्त राजनारायण पाठकबारे अनुसन्धान गर्न १५ जनो अनुसन्धान टिम गठन गरिएको छ । ७८ लाख रुपैयाँ घुस खाएको भिडियोमा सार्वजनिक भएपछि उनले अख्तियारबाट राजीनामा दिएका थिए ।
राजीनामा दिएसँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीमाथि अनुसन्धान थालेको छ । त्यसको लागि १५ जनाको ‘इन्टलीजेन्स यूनिट’ गठन गरिएको हो ।
आयोगका प्रमुख आयुक्त नविन कुमार घिमिरेले वरिष्ठ सचिवको संयोजकत्वमा गठित समितिले अनुसन्धान सुरु गरिसकेकाले छिट्टै त्यसबारेका सत्य तथ्य सार्वजनिक गरिने जानकारी दिए ।
संघीय ससद राष्ट्रियसभा अन्र्तगतको दीगो विकास तथा सुशासन समितिको आईतबार बसेको बैठकमा समिति सदस्यहरुले राखेको प्रश्नको जवाफ दिँदैं प्रमुख आयुक्त घिमिरेले भ्रष्टाचारी कसैले पनि उन्मुक्ति पाउनुहुन्न भन्ने अभिप्रायका साथ आयोगले काम गरिरहेको बताए ।
आयोग भित्रका क्रियाकलापलाई निगरानी गर्ने सन्र्दभमा प्रमुख आयुक्तको प्रत्यक्ष नियन्त्रणमा १५ जनाको ‘इन्टलीजेन्स यूनिट’ स्थापना भएको भन्दै उनले आयोगका कर्मचारीहरु सो यूनिटको अनुसन्धानभित्र रहेको जानकारी दिए ।
प्रमुख आयुक्त घिमिरेले वाईड वडी विमान खरिद प्रकरणबारे सह सचिवको संयोजकत्वको समितिले छानविन गरि बयान लिने काम गरिरहेको जानकारी गराए ।
त्यसैगरी सार्वजनिक जनसरोकारका संस्थामा हुने गरेका आर्थिक अनियमितता नियन्त्रणका लागि आयोगका अधिकारी नै सेवाग्राही बनेर जाने योजना अनुसार कार्यविधि तयार भईसकेको भन्दै उनले छिट्टै नै सो अभियान सुरु गरिने बताए ।
आयोग एक्लैले भ्रष्टाचार नियन्त्रण गर्न नसक्ने भन्दै उनले नागरिक समाज, संचार माध्यम, राज्यका अन्य संयन्त्र र आयोगको एकिकृत र समन्वयात्मक प्रयास हुनुपर्नेमा जोड दिए । उनले नागरिक निगरानी समूह गठन गरि केही जिल्लामा कार्यक्रम सुरु भईसकेको भन्दै सो कार्यक्रमको प्रभावकारिता हेरेर त्यसलाई परिमार्जन र विस्तार गर्दै लगिने बताए ।
उहाँले सिमित क्षेत्राधिकारमा रहेर पनि आयोगले सरकारबाट संञ्चालित ठेक्काहरुमा भएको अनियमिततालाई अध्ययन गरिरहेको फेयरिस्त प्रस्तुत गर्दै सडक विभाग, सहरी विकाश र भवन निर्माण, नागरिक उड्डयन प्राधिकरण, स्थानीय पूर्वाधार विकास लगायतका १ हजार बढी ठेक्काको समय थप नभएको स्पष्ट पारे ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन तथा भ्रष्टाचार निवारण ऐन संशोधनको प्रस्ताव मन्त्रीपरिषद्मा रहेको भन्दै उनले त्यसलाई यथासक्य छिटो पूर्णता दिन सरकार र समितिको ध्यानाकर्षण पनि गराए ।
आयोगका आयुक्त राजनारायण पाठक नै घुस काण्डमा संलग्न भएको समाचार सार्वजनिक भएपछि समितिले प्रमुख आयुक्तलाई बैठकमा बोलाएको हो ।





























प्रतिक्रिया