कुलमानको अर्को कदम: तारलाई भूमिगत, वितरण प्रणालीलाई स्वचालित

कुलमानको अर्को कदम: तारलाई भूमिगत, वितरण प्रणालीलाई स्वचालित

केन्द्रबिन्दु
0
Shares

नेपाल विद्युत प्राधिकरणले काठमाडौंमा रहेका बिजुलीका तारलाई भूमिगत र वितरण प्रणालीलाई स्वचालित बनाउने भएको छ ।

प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ्ले त्यसका लागि निर्माण कम्पनी छनौट भएको जानकारी दिए।  प्राधिरणले यसको शुरुआत महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्रबाट गर्दैछ । दुवै केन्द्रअन्तर्गतका विद्युत्का तारलाई भूमिगत गर्न सबैभन्दा कम रकम बोलकबोल गर्ने भारतीय कम्पनी केईआई इन्ड्रस्ट्रिज लिमिटेड छनोट भएको हो ।

कम्पनीसँग महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको काम गर्न करबाहेक दुई करोड ५५ लाख ८१ अमेरिकी डलर (एक अर्ब एक करोड ७० लाख  रुपैयाँ) मा ठेक्का सम्झौता हुने छ । कम्पनीले रत्नपार्क वितरण केन्द्रअन्तर्गतको काम दुई करोड २९ लाख डलर (८३ करोड १५ लाख रुपैयाँ) मा गर्ने छ ।

मध्य तथा उत्तर काठमाडौं (महाराजगंज)का आयोजना प्रमुख अभिषेक अधिकारीले कम्पनीले कार्यसम्पादन जमानत ल्याएपछि ठेक्का सम्झौता हुने जानकारी दिए ।

पहिलो चरणमा काठमाडौंको पूर्व तथा दक्षिणमा पर्ने बागबजार, असन, दरबारमार्गलगायत रत्नपार्क वितरण केन्द्रले समेटेका क्षेत्र र मध्य तथा उत्तरमा बालुवाटार, गंगबु, सामाखुसीलगायतका महाराजगंज वितरण केन्द्रअन्तर्गत पर्ने क्षेत्रमा पर्ने विद्युत वितरण प्रणालीलाई भूमिगत तथा स्वचालित बनाउन लागिएको हो ।

 

Logo