राँगो आतंकदेखि डीपीएलमा अत्तरियाको कब्जासम्म

राँगो आतंकदेखि डीपीएलमा अत्तरियाको कब्जासम्म

केन्द्रबिन्दु
0
Shares

देश विदेशमा आज थुप्रै सकारात्मक तथा नकारात्मक घटना परिघटनाहरु भए । ति घटनाक्रमहरुलाई हामीले केन्द्रबिन्दु डटकम र  केन्द्रबिन्दुको युट्युब च्यानल  मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । यसरी अपडेट भएका अनेकौ समाचारहरु मध्ये प्रमुख समाचारहरुलाई यहाँ प्रस्तुत गर्दैछौ । हाइलाइट गरिएको शिर्षकहरुमा क्लिक गरेर बिस्तृत समाचार पढ्न सक्नु हुन्छ ।

डीपीएलमा कुन खेलाडीले के जिते ?

धनगढी प्रिमियर लिग (डीपीएल) को उपाधि सिवाईसी अत्तरीयाले हात पारेको छ। पहिलो पटक फाइनलमा पुगेको अत्तरीयाले महेन्द्रनगरलाई तीन विकेटले हराउँदै उपाधि उचाल्न सफल भएको हो । खेलमा अत्तरियाका कप्तान दिपेन्द्र सिंह ऐरी धनगढी प्रिमियर लिगको गोल्डस्टार मोस्ट भ्यालुएबल प्लेयर चुनिएका छन् । गोल्डस्टार मोस्ट भ्यालुएबल प्लेयर चुनिएसंगै दिपेन्द्रले गोल्डेन शु (सुनको जुत्ता) हात पारेका छन ।

सरकारमा जनताको आवाज सुन्ने भन्दा बोल्ने प्रवृति हावी- माधव नेपाल

नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालले सरकारको कार्यशैलीप्रति असन्तुष्टी जनाएका छन् । शनिबार राजधानीमा आयोजित नेपाल राष्ट्रिय व्यवसायी महासंघको दोश्रो बाािर्षक साधारणसभालाई सम्बोधन गर्दे नेता नेपालले दण्डहिनताका कारण सबैतिर भ्रष्टाचार मौलाउदै गएको बताए । उनले सरकारी कार्यालयका कर्मचारीहरु पुरा समय कार्यालयमा नहुने, पैसा विना सेवाग्राहीको काम नगर्ने प्रवृति व्यापक बन्दै गएको टिप्पणी गरे ।

गौतमबुद्ध विमानस्थलको काम ७० प्रतिशत सम्पन्न

सन् २०१७ को डिसेम्बरसम्म राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको गौतमबुद्ध विमानस्थलको भौतिक प्रगति मात्रै २६ प्रतिशत थियो । आयोजनामा चिनियाँ ठेकेदार ‘नर्थवेष्ट सिभिल एभिएसन’ र स्थानीय सहायक ठेकेदारको बीचमा समन्वय थिएन । कामको गति कछुवाको जस्तै थियो । समस्या समाधानका लागि भएका पहलसमेत सकारात्मक हुनसकेको थिएन । निर्माण सामग्री उपलब्ध हुनसकेको थिएन । नेपाल नागरिक उड्डयन प्राधिकरणले समेत प्रभावकारी समन्वय गर्न सकेको थिएन । आयोजना करीब करीब रुग्ण अवस्थामा पुगेको थियो ।

राजनीतिक देखेर दिक्क लाग्छ, सबै छोडेर खेती गर्न हिँडूँ जस्तो लाग्छ- प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कहिलेकाही नेपालको राजनीतिले आफुलाई  दिक्क बनाउने गरेको बताएका छन् । भक्तपुर तरकारी तथा फलफूल बजार उद्घाटन कार्यक्रममा शनिबार सम्बोधन गर्दै उनले भने, ‘कहिलेकाहीँ परिस्थिति हेरेर बडो दिक्क पनि लाग्छ र यो सबै छोडेर म आफैं खेती गर्न हिँडूँ कि भने जस्तो हुन्छ।’

नख्खु बम विस्फोटः जिज्ञासाले गयो गुरुङको ज्यान

नेपाली समाजमा एउटा भनाई छ, ‘कालले कुटकुट्याएपछि कसैको केही लाग्दैन।’ शुक्रबार राती ललितपुरको नख्खुस्थित एनसेलको मुख्य कार्यालयको गेटअगाडि भएको बम विस्फोटमा ज्यान गुमाएका सिंहप्रसाद गुरुङ्को हकमा यस्तै भयो।

जन्मोत्सवमा प्रधानमन्त्रीले आँपको बिरुवा रोपे, केक काटे

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६८ औं जन्मोत्सवको अवसरमा आँपको बिरुवा रोपेका छन् । प्रधानमन्त्री ओलीले बालुवाटार परिसरको गमलामा बिरुवा रोपेका हुन्। यसैगरी प्रधानमन्त्री पत्नी राधिका शाक्यले अम्बाको बिरुवा रोपेकी छन् । जन्मदिनको अवसरमा प्रधानमन्त्री ओलीले केक काटेर पत्नी राधिका र बुवा मोहनप्रसाद ओलीलाई खुवाए।

घाइतेहरूलाई भेट्न पुगे गृहमन्त्री र आइजिपी, उपचार खर्च सरकारले व्यहोर्ने

नख्खुस्थित एनसेल मुख्यालयमा भएको बम विस्फोटमा परी घाइते भएकाहरूलाई गृहमन्त्री रामबहादुर थापा र आइजिपी सर्वेन्द्र खनालले भेटेका छन् । शनिबार मेडिसिटी अस्पतालमा घाइतेको अवस्था बुझ्नसँगै पुगेका गृहमन्त्री थापाले उपचार खर्च सरकारले व्यहोर्ने बताएका छन् । उनले घटनाबारे सरकारले छानबिन गर्ने र सत्यतथ्य पत्ता लगाएर दोषीमाथि कारबाही गर्ने प्रतिवद्धता जनाए।

एनसेल आक्रमणको ४ कारण, सुरक्षा गार्डको शंकास्पद गतिविधि

शुक्रबार देशभरका विभिन्न जिल्लामा रहेको एनसेल टावरसहित मुख्यालयको गेटमा आक्रमण भयो। आक्रमणमा परि एक जनाले ज्यान गुमायो भने २ जना घाइते भए। बिभिन्न जिल्लामा रहेको टावरमा बिस्फोट र आगजनी हुँदा सेवा अबरुद्ध भएको छ।

डीपीएलको उपाधि सिवाईसी अत्तरीयाले जित्यो

धनगढी प्रिमियर लिग (डीपीएल) को उपाधि सिवाईसी अत्तरीयाले हात पारेको छ। पहिलो पटक फाइनलमा पुगेको अत्तरीयाले महेन्द्रनगरलाई तीन विकेटले हराउँदै उपाधि उचाल्न सफल भएको हो । फाप्ला मैदानमा महेन्द्रनगरले टस जितेर पहिले ब्याटिङ गरेको महेन्द्रनगर २० ओभरमा एक सय २३ रनमा अलआउट भयो । जवाफमा अत्तरीयाले १९ ओभर चार बलमा सात विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । अत्तरीयाको जितमा विदेशी खेलाडी सन्नी पटेलले उत्कृष्ट प्रदर्शन गरे ।

साताको शेयर बजार: कारोवार रकम अर्ब पनि पुगेन

काठमाडौंमा एकाबिहानै राँगो आतंक, एक जनाको मृत्यु

गौतमबुद्ध विमानस्थलको काम ७० प्रतिशत सम्पन्न

विद्यालय व्यवस्थापन समिति सदस्य एक लाख घुससहित पक्राउ

बोल्न नसक्ने युवतीमाथि सामूहिक बलात्कार

४ बालबालिका जसले सटर फोडेर २८ मोवाइल चोरे

मदिरा सेवनबाट मृत्यु हुनेको संख्या ६९ पुग्यो

भारतलाई पाकिस्तानी सेनाको चेतावनी, ‘हामीसँग निहू नखोजेकै राम्रो’

इक्वेडरमा ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प

यसका साथै केन्द्रबिन्दु डटकममा आज राजनीति, सामाजिक, स्वास्थ्य,  शिक्षा, आर्थिक,  प्रबिधि, कला, लाइफस्टाइल, खेलकुद, बिश्व बिबिध, बिचार लगायतका थुप्रै समाचारहरु प्रकाशन भएका छन् । सबै समाचार पढ्न यहाँ  क्लिक गर्न सक्नु हुन्छ। त्यस्तै केन्द्रबिन्दुको युट्युब च्यानल मा पनि बिभिन्न समाचार र मनोरोजनात्मक सामग्रीहरु प्रकाशन भएका छन् ।

Logo