बसुन्धरामा बसले ठक्करबाट शिक्षकको मृत्यु

बसुन्धरामा बसले ठक्करबाट शिक्षकको मृत्यु

केन्द्रबिन्दु
0
Shares

काठमाडौँको बसुन्धरामा बसले ठक्कर दिँदा एकजना शिक्षकको मृत्यु भएको छ ।

आज बिहान करिब ७ः१५ बजेतिर बा४ख ८४०७ नं को सार्वजनिक यातायात प्रालिकाे बसले ठक्कर दिँदा शिक्षक ३९ वर्षीय प्रदीप न्यौपानेको मृत्यु भएकाे महानगरीय ट्राफिक प्रहरी वृत्त, नयाँ बसपार्कले जनाएकाे छ ।

नयाँ बसपार्क आउँदै गरेको बसले बसुन्धारामा न्याैपाने सवार बा५५प २९९ नंको मोटरसाइकललाई ठक्कर दिएकाे थियाे । ठक्करपछि गम्भीर घाइते भएका उनलाई ग्रिनसिटी अस्पताल बसुन्धरामा भर्ना गरिएकाे थियाे ।

लमजुङ सुन्दरबजार नगरपालिका–४ धारापानी स्थायी घर भई हाल मृतक न्याैपाने हाल नेपाल मोडल माध्यामिक विद्यालय बसुन्धराका अध्यक्ष रहेकाे र उनी साउथ वेस्टर्न कलेज बसुन्धरामा भौतिक विज्ञान तथा गणित विषय शिक्षण गर्दै आइरहेकाे बुझिएकाे छ ।

ठक्कर दिने बसका चालक २३ वर्षीय मेखबहादुर कार्की र बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Logo