रक्सीको बोत्तलसहित सडकमै डाक्टरको तमासा

रक्सीको बोत्तलसहित सडकमै डाक्टरको तमासा

केन्द्रबिन्दु
0
Shares

धनगढी

ई-रिक्सामा सवार भएर धनगढी बजारको सडकमा मदिरा पिउँदै हल्ला गरेको आरोपमा प्रहरीले दुई जना भारतीय डाक्टरसहित तीन जनालाई पक्राउ गरेको छ ।

धनगढीको मिलनचोक क्षेत्रमा मदिराको बोत्तलसहित हो हल्ला गर्दै हिँडेका भारतको लखिमपुरका दुईजना डाक्टर र एकजना फर्मासिष्टलाई पक्रेर प्रहरीले सार्वजनिक अपराध अन्तर्गत मुद्दा दर्ता गरेको हो ।

भारतमा आइतवार सार्वजनिक विदा दिने गरिएको छ । सार्वजनिक विदाको दिन पारेर फागुन ५ गते भारतको लखिमपुर जिल्लास्थित बाँकेगञ्ज प्राथमिक स्वास्थ्य केन्द्रका मुख्य चिकित्सक डाक्टर सुशील कुमार, अर्का डाक्टर सामन्त राखम र फर्मासिष्ट धर्मबीरले मदिरासहित उपद्रो मच्चाएका थिए । त्यही क्रममा राति ११ बजे धनगढीको मिलनचोक क्षेत्रबा प्रहरीले पक्राउ गरी सार्वजनिक मुद्दा चलाएको हो ।

उनीहरुसँगै धनगढी उपमहानगरपालिका–२ का ई–रिक्सा चालक हेम खत्री र त्यही ठाउँका सन्तोषबहादुर साउदलाई पनि पक्राउ गरी सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी हरिसिंह ओलीले बताए । उनीहरुले पनि मदिरा पिएको प्रहरीले जनाएको छ ।
अन्नपूर्णबाट

Skip This
Skip This
Logo