कृष्णसिंह धामी
काठमाडौं
नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्ग किलोमिटर भन्ने सानो बच्चालाई पनि थाहा हुन्छ । सुगौली सन्धिपछि नेपालको क्षेत्रफल पूर्वमा मेचीदेखि पश्चिममा महाकालीसम्म सिमित पारिएको थियो । उक्त क्षेत्रफल अधिकांशको मुखमा नै झुण्डिरहेको हुन्छ । तर अमेरिकामा रहेको नेपाली राजदूतावासलाई भने नेपालको क्षेत्रफलबारे नै जानकारी छैन ।
वासिङटन डिसीमा रहेको नेपाली राजदूतावासको वेससाईटमा नेपालको क्षेत्रफल लगभग १ लाख ४७ हजार वर्गकिलोमिटर मात्र लेखिएको छ । दूतावासले नेपालको १ सय ८१ वर्गकिलोमिटर क्षेत्रफल नै गुमाईदिएको छ ।
त्यस्तै नेपालको पूर्वपश्चिम लम्बाई ८ सय किलोमिटर तथा उत्तर दक्षिण चौडाई ९० देखि २३० किलोमिटर उल्लेख गरिएको छ । जबकी नेपालको पूर्वपश्चिम लम्बाई औसतमा ८८५ किलोमिटर तथा उत्तर–दक्षिण चौडाईमा औसतमा १९५ किलोमिटर हो । नेपालको चौडाई एकनाशको नभएकाले कुनै ठाउँमा १४५ देखि २४१ किलोमिटर क्षेत्रफल रहेको नापी विभागले जनाएको छ । यसलाई औसतमा १९३ किलोमिटर भनिने नापी विभागका निर्देशक दामोदर ढकालले जानकारी दिए । नेपालको चौडाई एकनासको नभएकाले चौडाई औसतमा भनिएको उनको भनाई छ । तर दूतावासले भनेजस्तो ९० किलोमिटर क्षेत्रफल कुनै क्षेत्रबाट पनि नहुने उनले बताए ।
पूर्वपश्चिम लम्बाई ८ सय किलोमिटर र उत्तर दक्षिण चौडाई ९० देखि २३० किलोमिटर कहाँबाट नापेर भएको भन्ने प्रश्नमा परराष्ट्र मन्त्रालयका अधिकारीहरु जवाफविहिन बनेका छन् ।
परराष्ट मन्त्रालय अन्र्तगत यूरोप हेर्ने विभाग प्रमुख सह–सचिव धनश्याम भण्डारीले यो गम्भीर त्रुटी भएको भन्दै यसलाई तत्काल सच्याईने जानकारी दिए । नेपालको क्षेत्रफलबारे समेत सामान्य जानकारी नभएकाले कसरी दूतावास हाँकेको होलान ? भन्ने प्रश्नमा सहसचिव भण्डारीले यो सामान्य विषय भएको प्रतिक्रिया दिए । परराष्ट्र मन्त्रालयका अधिकारी सुरेश अधिकारीले यो विषयबारे दूतावासमा बुझ्ने जानकारी दिए । यो गम्भीर विषय भएको भन्दै यस विषयमा वासिङडिसीमा रहेको राजदूतावासमा बुझेर मात्र प्रतिक्रिया दिने बताए । यो त सामान्य बच्चालाई पनि जानकारी हुने विषय हो । ‘सानो बच्चालाई समेत नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्ग किलोमिटर हो भने थाहा हुन्छ । तर दूतावासका अधिकारीले कसरी यस्तो त्रुटी गरेछन् । यस विषयमा बुझ्नेछु । उनीहरुलाई तत्काल सच्याउन लगाईनेछ’ उनले भने ।
एउटै वेवसाईटमा दुई क्षेत्रफलः
दूतावासको वेबसाईटमा नेपालको क्षेत्रफल दुई किसिमको छ । एउटा सहि लेखिएको छ भने अर्को लगभग १ लाख ४७ हजार बर्गकिलोमिटर देखिएको छ । यसविषयमा वासिङटन डिसी दूतावासमा सम्पर्क गरेर बुझ्न खोज्दा सम्पर्क हुन सकेन । त्यस्तै परराष्ट्र मन्त्रालयको वेबसाईटमा पनि नेपालको क्षेत्रफल गलत लेखिएको छ । पूर्वपश्चिम लम्बाई ८ सय र उत्तर दक्षिण चौडाई ९० देखि २३० किलोमिटरनै लेखिएको छ । हेरौं भिडियोमा :





























प्रतिक्रिया