रवि लामिछानेविरुद्ध रुपन्देही जिल्ला अदालतद्वारा पनि पक्राउ पूर्जी जारी

रवि लामिछानेविरुद्ध रुपन्देही जिल्ला अदालतद्वारा पनि पक्राउ पूर्जी जारी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध रुपन्देही जिल्ला अदालतले पनि पक्राउ पूर्जी जारी गरेको छ ।

न्यायाधीश श्यामप्रसाद श्रेष्ठको इजलासले सभापति लामिछानेसहित पूर्वडीआईजी छविलाल बन्जाडे जोशीसहित १२ जनालाई संगठित अपराधमा पक्राउ गर्न अनुमति दिएको हो । हाल रवि र छवि पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन सम्बन्धमा अनुसन्धानका क्रममा प्रहरी हिरासतमै छन् । यो अवस्थामा रुपन्देही जिल्ला अदालतले पक्राउ गर्न अनुमति दिएको हो ।

सुप्रिम सहकारीको विषयमा जोशीसँग दुई दिन बयान लिएर पोखरा पठाइएको छ भने रवि पनि अहिले पोखरा नै छन् । उनीहरु दुवैलाई पोखरामा एक साताको म्याद थप गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Skip This
Skip This
Logo