काठमाडौँ । काठमाडौँमा सेनाका जवान पेस्तोलसहित पक्राउ परेका छन् । काठमाडौँको नागार्जुन नगरपालिका वडा नम्बर–१ राबिनबाट प्रहरीले एक जना सैनिक जवानलाई पेस्तोलसहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा दैलेखको भगवती माई गाउँपालिका–७ घर भएका २४ वर्षीय अनिल खड्का रहेका छन् । खड्का सेनाका जवान हुन् ।
खड्ग दल गण रामेछापमा कार्यरत उनको साथबाट अमेरिकन मेड अटोमेटिक पेस्ताले बरामद गरिएको प्रहरीले बताएको छ ।





























प्रतिक्रिया