केन्द्रबिन्दु डटकम र  केन्द्रबिन्दुको युट्युब च्यानल  मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । "/>

फेसबुकको फण्डादेखि संसदको दोहोरीसम्म

फेसबुकको फण्डादेखि संसदको दोहोरीसम्म

केन्द्रबिन्दु
0
Shares

देश विदेशमा आज थुप्रै सकारात्मक तथा नकारात्मक घटना परिघटनाहरु भए । ति घटनाक्रमहरुलाई हामीले केन्द्रबिन्दु डटकम र  केन्द्रबिन्दुको युट्युब च्यानल  मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । यसरी अपडेट भएका अनेकौ समाचारहरु मध्ये प्रमुख समाचारहरुलाई यहाँ प्रस्तुत गर्दैछौ । हाइलाइट गरिएको शिर्षकहरुमा क्लिक गरेर बिस्तृत समाचार पढ्न सक्नु हुन्छ ।

संसदमा पुग्यो पशुपति शर्माको ‘लुट्न सके लुट’, चल्यो दोहोरी

पशुपति शर्माको लुट्न सके लुट गीतले संसदमा पनि स्थान पाएको छ । आपत्तिजनक शब्द प्रयोग गरिएको भन्दै युट्युवबाट हटाईएको गीतबारे संसदमा प्रश्न उठेको छ । नेपाली कांग्रेसका सांसदहरुले यसविषयमा प्रश्न उठाएका हुन् ।

दुर्घटनामा घाइते सीडीओ भट्टराईको निधन

बाराका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराईको आज (सोमबार) निधन भएको छ । गएको माघ ११ गते भट्टराई र सशस्त्र प्रहरी बलका एसपी बलराम पोखरेल चढेको गाडी बाराको पथलैयामा ट्याक्टरको ट्रलीसँग ठोक्किएको थियो ।

सचिवालय बैठकमा कार्यदलको प्रतिवेदन पेश

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयको बैठकमा साङ्गठनिक एकताका लागि गठित कार्यदलले आफ्नो प्रतिवेदन पेश गरेको छ ।
गत पुस १२ गते सम्पन्न स्थायी कमिटिको बैठकले सचिवालय सदस्य रामबहादुर थापाको संयोजकत्वमा नौ सदस्यीय कार्यदल गठन गरेकोे थियो । सो कार्यदलले तयार पारेको साङ्गठनिक एकता सम्बन्धी प्रतिवेदन प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालयको बैठकमा पेश गरिएको हो ।

कांग्रेस सांसद सिंहले पशुपति शर्मालाई २५ हजार रुपैयाँ पुरस्कार दिने

गायक पशुपति शर्मालाई नेपाली कांग्रेसका सांसद डा. अमरेशकुमार सिंहले २५ हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेका छन् । सोमबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले जनताको बोली गाउने गायक भन्दै शर्मालाई फागुन महिनाको पारिश्रमिकबाट २५ हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेका हुन् ।

जब जिउँदैं मानिसलाई फेसबुकले श्रद्धाञ्जली दियो, किन हुन्छ यस्तो ?

यतिबेला सामाजिक सञ्जाल फेसबुक एकदमै लोकप्रिय छ । विभिन्न सुचना आदान प्रदान गर्ने सजिलो माध्यमदेखि खबर आदान प्रदान गर्ने हुलाकी समेत फेसबुक नै बनेको छ । सबैभन्दा सजिलो तथा सहजै उपलब्ध हुने सोसल मिडियामा पर्छ फेसबुक । अफवाह फैलाउने खालका पोष्टले यसको गरिमा घट्दैं गएको छ । जसले गर्दा वुद्धिजिवी तथा शिक्षित वर्गमा फेसबुक प्राथमिकतामा पर्दैन् । उनीहरु सामाजिक सञ्जालका अन्य माध्यम नै प्रयोग गर्छन् ।

राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित नेताहरुको भेटवार्ता

राष्ट्रपति विद्यादेवी भण्डारीसँग आइतबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष र प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले भेटवार्ता गर्नुभएको छ ।

शिवम सिमेन्टको आइपीओ खुल्यो, स्थानीयले पनि भर्न पाउने

शिवम सिमेन्ट लिमिटेडले आज (फागुन ६) देखि स्थानीय र सर्बसाधारणलाई आईपिओ निष्काशन गरेको छ । कम्पनीले सर्वसाधारणलाई ४४ लाख कित्ता आईपिओ निष्काशन गरेको हो । कम्पनीले सर्वसाधारणलाई १ सय रुपियाँ अंकित मूल्यमा २०० प्रिमियम थप गरी प्रति कित्ता ३ सय रुपियाँमा शेयर निष्काशन गरेको छ भने स्थानीयका लागि २ सय रुपैयामा निष्काशन गरेको हो।

स्ववियू निर्वाचन गराउन समिति गठन, फागुन १४ को मिति सर्ने पक्का

स्ववियू निर्वाचन सम्पन्न गराउन त्रिभुवन विश्वविद्यालयले समिति गठन गरेको छ । शिक्षाध्यक्ष प्रा.डा. सुधा त्रिपाठीको संयोजकत्वमा ७ सदस्यीय केन्द्रीय समन्वय तथा निरिक्षण समिति गठन गरिएको हो । फागुन १४ मा तोकिएको मितिमा स्ववियू चुनाव नहुने पक्का भएपछि त्रिविले समिति गठन गरेको हो । समितिको सह संयोजकमा रजिस्ट्रार डिल्लीराम उप्रेती, सदस्यहरुमा विष्णुप्रसाद खनाल, नरेन्द्र प्रसाद शिवाकोटी, विष्णु केसी, नारायणप्रसाद खनाल र सदस्य सचिवमा गंगावहादुर थापामगर रहेका छन् । समितिले बैठक बसेर निर्वाचनबारे आवश्यक निर्णय लिनेछ ।

कालिञ्चोकमा हिउँ परेपछि अलपत्र परेका सात सय पर्यटकको उद्धार

जीप दुर्घटनामा २ जनाको मृत्यु, ९ जना घाइते

कालिञ्चोकमा हिउँ परेपछि अलपत्र परेका सात सय पर्यटकको उद्धार

साउदी युवराजलाई पाकिस्तानमा भब्य स्वागत, २० अर्ब डलरको सम्झौता

शाखा अधिकृतको समायोजन

नेकपाले पार्टी एकता टुंगो लगाउन कार्यदलसँग छलफल गर्ने

राष्ट्रपति भण्डारीसमक्ष वार्षिक प्रतिवेदन पेस

अनेरास्ववियूले किन घेर्यो उपकूलपतिलाई (भिडियोमा)

नेपाल बारको नयाँ नेतृत्वका लागि उम्मेदवारी दर्ता (भिडियोमा)

महिलाद्वारा एक युवती नै बलात्कृत

काश्मिरमा फेरि गोली हानाहान, ४ भारतीय सैनिक मारिए

यसका साथै केन्द्रबिन्दु डटकममा आज राजनीति, सामाजिक, स्वास्थ्य,  शिक्षा, आर्थिक,  प्रबिधि, कला, लाइफस्टाइल, खेलकुद, बिश्व बिबिध, बिचार लगायतका थुप्रै समाचारहरु प्रकाशन भएका छन् । सबै समाचार पढ्न यहाँ  क्लिक गर्न सक्नु हुन्छ। त्यस्तै केन्द्रबिन्दुको युट्युब च्यानल मा पनि बिभिन्न समाचार र मनोरोजनात्मक सामग्रीहरु प्रकाशन भएका छन् ।

Logo