कञ्चनपुर । बेलौरी नगरपालिकाका सव इन्जिनियर घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सव इन्जिनियर हृदयराज बजगाईलाई ६० हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको हो ।
बेलौरी नगरपालिका ४ र ६ जोड्ने स्लाब कलभर्ट निर्माणको अन्तिम रनिङ बिल फरफारकका लागि सेवाग्राहीसँग ६० हजार रुपैयाँ घुस लिईरहेको अवस्थामा अख्तियारको महेन्द्रनगरबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।
उनलाई अख्तियारको हिरासतमा राखी अनुसन्धान सुरु गरिएको अख्तियारको कञ्चनपुर कार्यालयले जनाएको छ ।





























प्रतिक्रिया