राष्ट्रिय परीक्षा बोर्डमा बेथिती : गोप्यता भंग हुने आशंका

राष्ट्रिय परीक्षा बोर्डमा बेथिती : गोप्यता भंग हुने आशंका

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

राष्ट्रिय परीक्षा बोर्डले संचालन गर्ने कक्षा १० को एसइइ, कक्षा ११ र १२ का माध्यामिक तहको परीक्षाको परीक्षाफल प्रकाशित गर्ने देखि डाटा इन्ट्री गर्ने सम्मको काम करारका कर्मचारीबाट हुने तथ्य सार्वजनिक भएको छ ।

परीक्षाफल प्रकाशन गर्ने अति संवेदनशील काम करारका कर्मचारीबाट हुने भएपछि बोर्डको विश्वसनीयतामाथि प्रश्न उठ्न थालेको छ ।

बोर्डका उच्च अधिकारीका अनुसार करारका कर्मचारीबाट काम गराउनु परेपछि समस्या आउने गरेको छ । स्थायी भए पो कारबाही गर्ने , करार कर्मचारीलाई के गर्ने, उनीहरु नभए कामै गर्न सकिदैन–बोर्डका एक अधिकारीले भने । गतवर्ष एसइई परीक्षाफल प्रकाशित गर्दा त्रुटी नै त्रुटी भएपछि बोर्डको चर्को आलोचना भएको थियो ।

हाल परीक्षा बोर्डमा मुख्य इन्जिनियर गोविन्द पाण्डे, सहायक इन्जिनियरद्धय दीपेन्द्र थापा र सुप्रिज्ञा देवकोटा करारका कर्मचारी हुन् । ती कर्मचारीले परीक्षाफल प्रकाशित गर्नुअघि विद्यार्थीको तथ्याङक संकलन, डाटा इन्ट्री, प्रोसेसिङ र परीक्षाफल प्रकाशित गर्ने गरेका छन् ।
नेपाल समाचारपत्रबाट

Logo