बालिका बलात्कार गरेको आरोपमा अर्घाखाँचीमा ६८ वर्षीय वृद्ध पक्राउ परेका छन् ।
अर्घाखाँचीको भूमिकास्थान–१ साम्नेगाउँकी करिब १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्युठानको मल्लरानी गाउँपालिका–२ सिउतेका ६८ वर्षिय डण्डबहादुर विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको हो ।
विश्वकर्मालाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले नियन्त्रणमा लिइ प्युठान प्रहरीलाई बुझाएको छ । चाउचाउ खाने पैसा दिएर ललाइफकाई गर्दै बालिकालाई बलात्कार गरेको पीडितले बताएकी छन्।





























प्रतिक्रिया