नौ किलो चरेससहित दुई जना पक्राउ

नौ किलो चरेससहित दुई जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

धादिङ

दक्षिणी धादिङको गजुरी गाउँपालिका ५ देउरालीबाट नौ किलो चरेससहित दुईजना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यलय धादिङ र इलाका प्रहरी कार्यालय गजुरीको संयुक्त टोलीले बेनिघाट रोराङ गाउँपालिका १ सुन्दरनागी बस्ने मनिष लामा र सोही ठाउँका विकाश तामाङलाई पक्राउ गरेको हो ।

चेकजाँचका आधारमा एउटै मोटरसाइकलमा सवार दुईजना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी डिएसपी प्रकाश विष्टले जानकारी दिए । उनीहरु बा २५ प ५२९३ नम्बरको मोटरसाइकलमा सवार थिए ।
अन्नपूर्णबाट

Logo