काठमाडौं
प्रहरी प्रधान कार्यालयले १२ जना प्रहरी उपरीक्षक (एसपी) को काज सरुवा गरेको छ । एसपीबाट वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवा भएपछि रिक्त रहेको ठाउँमा काज सरुवा गरिएको हो ।
काज सरुवामा कञ्चनपुरका एसपी कुवेर कडायत पनि रहेका छन् । उनलाई पहरा गण, सामाखुसी पठाइएको छ । कडायतको सरुवासँगै बहुचर्चित निर्मला हत्या प्रकरणको अनुसन्धान पनि प्रभावित हुने देखिएको छ । कञ्चनपुरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत दिनेशकुमार आचार्यलाई पठाइएको छ ।
सरुवा अनुसार, प्रहरी प्रधान कार्यालयमा कार्यरत एसपी हरि शर्मा पोखरेललाई बागलुङ जिल्ला प्रहरी कार्यालयमा पठाइएको छ । विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत एसपी दिनेशराज मैनालीलाई झापा प्रहरी प्रमुखका रुपमा सरुवा गरिएको छ ।
विशेष व्यूरोका एसपी दीपकराज खरेललाई सशस्त्र प्रहरी गण नं. १ मा पठाइएको छ । दंगा नियन्त्रण प्रहरी गण, हेटौंडामा कार्यरत मुकेशकुमार सिंहलाई जिल्ला प्रहरी कार्यालय मकवानपुर पठाइएको छ । अपराध अनुसन्धान विभागका एसपी ध्रुवराज राउतलाई दंगा नियन्त्रण प्रहरी गण हेटौंडा पठाइएको छ ।
राजधानीबाट
प्रतिक्रिया