झापा । प्रहरीले बोकेको सर्टगनको छर्रा लागेर एक महिला पत्रकार घाइते भएकी छन् । बुधबार गृहमन्त्री रामबहादुर थापा झापा आएका बेला सडक गस्तीमा रहेका प्रहरी जवान लक्ष्मण शेर्पाले बोकेको सर्टगन अचानक पड्किँदा पत्रकार सुनिरा मैनाली घाईते भएकी हुन् । उनको खुट्टामा गोलीको छर्रा लागेको छ ।
झापाको लक्ष्मीपुर चोकमा लगभग ३ सय मिटर टाढा रहेकी मैनालीलाई गोलीको छर्रा लागेको पड्किएको झापा प्रहरी प्रवक्ता डिएसपी महेन्द्र श्रेष्ठले जानकारी दिए ।
छर्रा लागेपछि लडेकी मैनालीको बिएण्डसी अस्पताल विर्तामोडमा उपचार भइरहेको डिएसपी श्रेष्ठको भनाई छ । प्रहरी जवान लक्ष्मण शेर्पालाइृ नियन्त्रणमा लिएको छ । गोलीको छर्रा लागेको हो या गाडीले ढुंगा उछिट्याएर लागेको हो भन्ने बारे यकिन हुन नसकेको प्रहरीले जनाएको छ ।





























प्रतिक्रिया