अनाथ बालबालिकासँग भ्यालेन्टाइन

अनाथ बालबालिकासँग भ्यालेन्टाइन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । फेब्रुअरी १४ अर्थात प्रेम दिवस । प्रेम दिवस बिषेशत आफ्नो प्रियसीसंग मनाइन्छ।

तर, रिजन मडाई र उनका केही साथीहरु भने यसपटक फरक ढंगले भ्यालेन्टाइन दिवस मनाउदै छन्।  प्रदेश नम्बर ७ का स्ववियु सद्स्य समेत रहेका मडाई र उनका केही साथीहरु मिलेर काठमाडौंको धापासीमा रहेको ‘चाइल्ड स्ट्रिट टु स्कुल’ अनाथालयमा सहयोग गरेर भ्यालेनटाइन डे मनाउन लागेका हुन्  ।

रिजन भन्छन् ‘मायाको अभावमा बाँचेका अनाथ बालबालिकासँगै बसेर थोरै मायाको अनुभुति दिलाउने उद्देश्यले हामीेले अनाथहरुलाई सहयोग गरेर भ्यालेनटाइन डे मनाउने सोच बनाएका हौं ।’

उनीहरुले गाँस, बाँस र कपास गरि डसना, झोला, कापी कलम, खानेकुरा लगायतको सहयोग गर्न लागेका छन् ।

Logo