विज्ञापनदाता नभेटे सञ्चारमाध्यम जिम्मेवार बन्नुपर्ने (भिडियो रिपोर्ट)

विज्ञापनदाता नभेटे सञ्चारमाध्यम जिम्मेवार बन्नुपर्ने (भिडियो रिपोर्ट)

केन्द्रबिन्दु
0
Shares

(रामजी बलामी)

अहिले कतिपय सञ्चारमाध्यमहरुले स्रोत नखुलेका विज्ञापनहरु समेत प्रकाशन प्रशारण गर्दै आएका छन् । तर, अब त्यसरी विज्ञापन प्रकाशन प्रशारण गर्न नपाइने भएको छ ।

सरकारले ल्याउन लागेको विज्ञापन नियमन ऐनमा यस्तो व्यवस्था गरिएको छ । सञ्चार तथा सूचनामन्त्री गोकुलप्रसाद बास्कोटाले ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ राष्ट्रिय सभामा पेश गरेका छन् । विधेयकको दफा १२ को उपदफा १ मा विज्ञापन प्रकाशन प्रशारण गर्ने सञ्चारमाध्यमले विज्ञापनकर्ताको नाम, ठेगाना र आधिकारिकताको बारेमा जानकारी लिएर मात्रै विज्ञापन गर्नुपर्ने उल्लेख छ ।

यदि कुनै सञ्चारमाध्यमले प्रकाशन गरेको विज्ञापनले विवाद उत्पन्न भएमा र विज्ञापनकर्ताको नाम ठेगाना पत्ता लाग्न नसकेमा विज्ञापन प्रकाशन प्रशारण गर्ने सञ्चार माध्यम नै जिम्मेवार हुने उपदफा २ मा उल्लेख छ । यसरी विज्ञापन गरे एक लाख रुपैंयासम्म जरिवाना हुने व्यवस्था छ ।

यो विधेयक संसदबाट पारित भई राष्ट्रपतिले प्रमाणित गरेपछि लागु हुन्छ ।

हेर्नुहोस् भिडियो रिपोर्ट 

 

Logo