बालिका बलात्कार गर्नेलाई २० दिनमै फासी दिईएको त्यो घटना !

बालिका बलात्कार गर्नेलाई २० दिनमै फासी दिईएको त्यो घटना !

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । पछिल्लो समय नेपालमा बलात्कारका घटना बढ्दो क्रममा छ । बलात्कारपछि हत्या गरिने घटना त डरलाग्दो अवस्था छ । त्योमाथि बालिकाहरु बढी शिकार भईरहेका छन् । एकातिर राज्यले महिला हिंसा तथा बलात्कारजन्य घटनामा कमी आईरहेको बताएको छ । भने अर्कोतिर दिनप्रतिदिन घटना बढ्दो क्रममा छ ।

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारा ७ महिना बितिसक्दा पनि पत्ता लाग्न सकेको छैन् । निर्मला प्रकरणको अनुसन्धानमा प्रहरी चुकेको देखिन्छ ।

निर्मलाको हत्यापछि बालिका बलात्कारपछि हत्या प्रकरणले गम्भीर मोड लिईरहेको छ । महिला अधिकारकर्मीहरु बलात्कारीलाई फाँसी वा मृत्युदण्डको व्यवस्था माग गर्दै आएका छन् ।

देशभर आन्दोलन चर्किरहेको छ । निर्मलालाई न्याय देऊ, बलात्कारीलाई फाँसी देऊ भन्दै देशभरका सडक, सदन तातिरहेका छन् । यसैबीच भारतमा एउटा यस्तो घटनाबारे जानकारी दिन गईरहेका छौं । जो घटनामा ३ वर्षीयामाथि बलात्कार गर्नेलाई २० दिनमै फाँसीको सजाय दिईएको थियो ।

गत वर्षको अगष्ट २ मा भारतको राजस्थानस्थित झुंझुनुमा एक ३ वर्षीया बालिका आफ्नो हजुरआमासँग बसिरहेकी थिइन् । घर बाहिर बालिका खेलिरेही थिइन्, नजिकै दौसाको माडवडी भन्ने ठाउँमा बस्दै आएका विनोद कुमारले आफ्नो भाँडा कुँडा लगायतका सामानहरु बेचिरहेका थिए ।

विनोद कुमारले ती बालिका एक्लै खेलिरहेको अवस्थामा देखेपछि उनको मनमा नकारात्मक सोँच पलायो । उनले ति बालिकालाई बलात्कार गरेर हजुरआमा त्यहाँ पुग्नेबित्तिकै उनी आफ्नो बाइक चढेर फरार भए ।

बेलुकी हजुरआमाले प्रहरी समक्ष उजुरी दिईने । उजुरी परेको दोस्रो दिन चिडवाबाट विनोद पक्राउ परे । पक्राउ परेको ९ दिनपछि (अगष्ट ९) मा आरोपी विनोदविरुद्ध अदालतमा मुद्दा दायर गरियो ।

बालिकालाई बलात्कार गर्ने विनोदलाई २० दिनमै न्यायाधीशले फाँसीको फैसला सुनाए । फाँसीको सजाय सुनाउँदै भावुक बनेका न्यायाधीश निरजा दाधीचले भनेका थिए, ‘यस प्रकारको अपराधिहरुलाई समाजमा बाँच्ने अधिकार नै छैन ।’

त्यस्तै सात महिनाकी शिशुलाई बलात्कार गरेको आरोपमा एक १९ वर्षीय युवकलाई पनि फाँसीको सजाय तोकिएको थियो । त्यस्तै अश्लिल भिडियोको सहारमा ब्ल्याकमेल गर्दै १२ वर्षीया बालिकाको सात महिनासम्म सामूहिक बलात्कार गर्ने २२ जनालाई पनि कडा सजाय गरिएको थियो । बलात्कार मामलामा भारतमा फाँसी सजायको व्यवस्था छ ।

पछिल्लो समय नेपालमा पनि यसको ब्यापक रुपमा माग उठिरहेको छ । तर यो तत्कालै सम्भव भने छैन् । नेपालले गरेको विभिन्न अन्तर्राष्ट्रिय सन्धीहरु नमान्ने घोषणा गरेर अन्तर्राष्ट्रिय सम्बन्धबाट अलग भएमात्रै फाँसीको व्यवस्था गर्न सकिन्छ ।

Logo