देश विदेशमा आज थुप्रै सकारात्मक तथा नकारात्मक घटना परिघटनाहरु भए । ति घटनाक्रमहरुलाई हामीले केन्द्रबिन्दु डटकम र केन्द्रबिन्दुको युट्युब च्यानल मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । यसरी अपडेट भएका अनेकौ समाचारहरु मध्ये प्रमुख समाचारहरुलाई यहाँ प्रस्तुत गर्दैछौ । हाइलाइट गरिएको शिर्षकहरुमा क्लिक गरेर बिस्तृत समाचार पढ्न सक्नु हुन्छ ।
फेरि स्थायी परीक्षा गर्न अस्थायी शिक्षकको माग, कडा आन्दोलनको चेतावनी
अस्थायी/करार शिक्षक केन्द्रीय संघर्ष समितिले आन्तरिक परीक्षाको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । समितिले शनिबार रिपोर्टस क्लवमा पत्रकार सम्मेलन गरि उमेरको हदबन्दी नलगाई सम्पूर्ण अस्थायी, करार तथा विविधकारणले आन्तरिक परीक्षाबाट बञ्चित सबै शिक्षकलाई पुनः आन्तरिक परीक्षाको व्यवस्था मिलाउन सरकारसँग माग गरेको हो ।
वाग्मतीको पानी पिउन सक्ने बनाउनुपर्छ: परराष्ट्रमन्त्री
वाग्मती सरसफाइ ३०० औ हप्ताको अवसरमा आज बिहान शङ्खमूलमा विशेष कार्यक्रमको आयोजना गरियो । शहरी विकास मन्त्रालयको आयोजनामा भएको कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत, शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राई र खानेपानी तथा सरसफाइमन्त्री बिना मगर,सामाजिक संघसंस्थाका अभियन्ता, समाजसेवी र प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
उपत्यकाका पहाडमा हिमपात : आइतबारदेखि मौसममा सुधार हुने
लगातारको वर्षाले आज राजधानी काठमाडौँ उपत्यका वरिपरिका पहाडमा हिमपात भएको छ । पश्चिमी वायुको प्रभावले विगत तीन दिनदेखि काठमाडौँ उपत्यकासहित देशभर बदली र वर्षा भएको छ । उक्त वर्षाले काठमाडौँ नजिकका पहाडमा हिमपात गराएको हो । उपत्यकाका पहाड नगरकोट, जर्सिङपौवा, शिवपुरी, तारेभीर, चन्द्रागिरि, चम्पादेवी, फुलचोकी लगायत क्षेत्रमा हिउँ परेको छ ।
२ वर्षपछि पाउने भए २१ क्रिकेटरले तलब, आईसीसीले पठायो १ करोड २७ लाख
अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले २१ नेपाली क्रिकेटरको २ वर्षको तलब पठाएको छ । आईसीसीले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई १ करोड २७ लाख ८७ हजार ७८२ रुपैयाँ पठाएको हो । आईसीसीले पठाएको २ वर्षको तलब खेलाडीहरु धनगढीबाट काठमाडौं आएपछि बाँडिने राखेप सदस्य सचिव केशव विष्टले जानकारी दिए ।
ओली-प्रचण्डलाई भीम रावलको चेतावनी, ‘संयमित नभए पार्टी फुट्छ’
अर्को माओवादीको जन्म हुनसक्ने चेतावनी दिएका नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नेकपाकै एक नेताले सम्झाउने कोशिष गरेका छन् । भेनेजुएलाको राजनीतिक संकट र त्यसमा अमेरिकी गतिविधिपछि नेपाली राजनीतिमा परेको खलबलबारे नजिकबाट नियालीरहेका नेकपा नेता भीम रावलले अध्यक्ष प्रचण्डलाई सचेत गराएका छन् । नेकपा भित्र ‘भेनेजुएला काण्ड’ ले ठूलै हलचल ल्याईरहेकाबेला नेता रावलले प्रचण्डलाई सचेत गराएका हुन् ।
चिनियाँले बनाएको रिङरोडको सुरक्षा परीक्षण गरिने, ६ महिनामा १२ को मृत्यु
सडक विभागले कोटेश्वर(कलंकी आठ लेन रिङरोड परीक्षण गर्ने भएको छ। विभागले चिनियाँ निर्माण कम्पनीका प्रतिनिधिसहितको विज्ञ टोलीबाट सुरक्षा परीक्षण (अडिट) गर्ने भएको हो । चिनियाँ कम्पनी सांघाई कन्स्ट्रक्सनले भर्खरै निर्माण सकेर हस्तान्तरण गरेको आठ लेन रिङरोडमा भएका प्राविधिक त्रुटि सच्याउन विभागले सुरक्षा परीक्षण गर्न लागेको हो।
प्रहरीलाई महत्वपूर्ण सफलता, साढे १ घण्टामै २ बलात्कारी पक्राउ
विवाहको निम्तो कार्डमै बालविवाहविरुद्ध सचेतना सन्देश
जमीन बाँझो राखे तीन लाख रुपैयाँ जरिवाना
अब सडक, नदी नाला लगायतको सरसफाई स्थानीय तहले नै गर्नुपर्ने
आर्थिक अभावका कारण विद्यालय भवन अलपत्र
टोकेर बिजुली मर्मत गर्दा करेन्ट लागेर एकजनाको मृत्यु
प्यूठानमा चट्याङ लागेर दुई जनाको मृत्यु, तीन घाइते
बेञ्च बङ्ग्याएको भन्दै विद्यार्थीमाथि कुटपिट, प्रधानाध्यापकविरुद्ध उजुरी
यसका साथै केन्द्रबिन्दु डटकममा आज राजनीति, सामाजिक, स्वास्थ्य, शिक्षा, आर्थिक, प्रबिधि, कला, लाइफस्टाइल, खेलकुद, बिश्व बिबिध, बिचार लगायतका थुप्रै समाचारहरु प्रकाशन भएका छन् । सबै समाचार पढ्न यहाँ क्लिक गर्न सक्नु हुन्छ। त्यस्तै केन्द्रबिन्दुको युट्युब च्यानल मा पनि बिभिन्न समाचार र मनोरोजनात्मक सामग्रीहरु प्रकाशन भएका छन् ।





























प्रतिक्रिया