१० फोटोमा हेर्नुहोस् स्विटजरल्याण्डको झल्को दिने हिमपात (फोटोफिचर)

१० फोटोमा हेर्नुहोस् स्विटजरल्याण्डको झल्को दिने हिमपात (फोटोफिचर)

केन्द्रबिन्दु
0
Shares

लगातारको वर्षाले आज राजधानी काठमाडौँ उपत्यका वरिपरिका पहाडमा हिमपात भएको छ । पश्चिमी वायुको प्रभावले विगत तीन दिनदेखि काठमाडौँ उपत्यकासहित देशभर बदली र वर्षा भएको छ । उक्त वर्षाले काठमाडौँ नजिकका पहाडमा हिमपात गराएको हो । उपत्यकाका पहाड नगरकोट, जर्सिङपौवा, शिवपुरी, तारेभीर, चन्द्रागिरि, चम्पादेवी, फुलचोकी लगायत क्षेत्रमा हिउँ परेको छ । यसका साथै हिमाली क्षेत्रमा पनि ठूलो मात्रामा हिमपात भएको छ।

हेर्नुहोस फोटोफिचर 

बागलुङ जिल्लाको पर्यटकीयस्थल थामाको नेटामा शनिबार हिउँमा रमाउँदै आन्तिरक पर्यटक । तस्वीरः सुवास गौतम

सिन्धुपाल्चोकको मेलम्ची–९ ज्यामिरेको गुफाडाँडामा भएको सेताम्मे हिमपात । तस्वीरः देवराज सुवेदी

            गुल्मीको पर्यटकीयक्षेत्र रेसुङ्गामा शनिबार अभिभावकसँग हिमपात हेर्न गएकी बालिका हिउँसँग रमाउँदै । तस्वीर : जनार्दन घिमिरे

                          हिमाली जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका –४ जोमसोम बजारमा हिउँ परेको दृश्य । तस्वीर निरज थकाली

हिमाली जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका –४ जोमसोम बजारमा हिउँ परेको दृश्य । तस्वीर निरज थकाली

हिउपातले छोपिएपछि सेताम्मे भएको मुगु जिल्लाको सदरमुकाम गमगढी । तस्वीरः नृपेन्द्रबहादुर मल्ल

कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगढी सडक हिमपातका कारण अवरुद्ध भएपछि मुगुको गमगढी मै रोकी राखेका सवारी साधन । तस्वीरः नृपेन्द्रबहादुर मल्ल

हिउपातले छोपिएपछि सेताम्मे भएको मुगु जिल्लाको सदरमुकाम गमगढी ।

हुम्लामा भारी हिमपात पछि शनिवार विहान हिउँमा खेल्दै सिमकोटका स्थानीय युवाहरु । तस्वीर : दाने बोहरा

 

 

   हुम्लामा भारी हिमपात पछि शनिवार विहान हिउँमा रमाउँदै सिमकोटका स्थानीय युवाहरु । तस्वीर : दाने बोहरा

 

Logo