रुपन्देही
सार्वजनिक लेखा समितिले प्रदेशसभा र सरकारले खरिद गरेको गाडीमा अनियमितता भएको निष्कर्ष निकालेको छ । प्रदेश नम्बर ५ को प्रदेशसभा र सरकारले खरिद गरेको टाटा कम्पनीको स्ट्रोम गाडीमा आर्थिक घोटाला भएको निष्कर्ष निकालेको छ ।
शुक्रबार बसेको लेखा समितिको बैठकले टाटा कम्पनीको स्ट्रोम गाडी खरिद महंगोमा भएको निर्णय सहित अन्तिम प्रतिवेदन तयार गरेको छ । सत्तापक्ष र प्रतिपक्ष दलका सांसदबीच लामो छलफलपछि समितिले टाटाको स्ट्रोम गाडीको मूल्य ६८ लाख ५५ हजार रहेको निष्कर्ष निकालेको हो । लेखा समितिका अनुसार प्रदेसभाका ११ र विभिन्न मन्त्रालयका ४ गरी १५ वटा गाडी खरिदमा ४५ लाख ७१ हजार रुपैयाँ आर्थिक घोटाला भएको देखिन्छ । यसमा बीमा र डेकोरेशनको खर्च छुट्टै छ । यस कारण लेखा समितिले भने ५७ लाख रुपैयाँ फिर्ता गर्नुपर्ने जनाएको छ।
लेखाका अनुसार प्रदेशसभाले ११ वटा टाटाको गाडी खरिदमा ३७ लाख २९ हजारको आर्थिक घोटाला गरेको छ । प्रदेशसभाले प्रति गाडी ३ लाख ३९ हजार रुपैयाँ बढी मूल्य तिरेर गाडी खरिद गरेको छ। प्रदेशसभाले यो गाडीलाई ७१ लाख ९४ हजारमा किनेको हो ।
यही गाडीलाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले ४ लाख ४४ हजार बढी मूल्य तिरेर खरिद गरेको छ । ७२ लाख ९९ हजार रुपैयाँमा मन्त्रालयले गाडी खरिद गरेको थियो । उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय, सामाजिक विकास मन्त्रालय, र भौतिक पूर्वाधार विकास मन्त्रालयले भने टाटाको स्ट्रोमलाई ३ लाख ८७ हजार बढी मूल्य तिरेर ७२ लाख ४२ हजारमा खरिद गरेको छ।
नागरिकबाट





























प्रतिक्रिया