(रामजी बलामी)
केही महिनाअघि सरकारले नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङलाई ‘सुप्रबल जनसेवा श्री’ मान पदवी प्रदान गर्यो । ऊर्जा संकट निवारणमा उल्लेख्य योगदान पुर्याएको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले घिसिङलाई उक्त पदवी प्रदान गरेका हुन् ।
गत बर्ष सिइओ क्लवले आयोजना गरेको उत्कृष्ट सिइओहरुको प्रतिस्पर्धामा बर्षको सर्वश्रेष्ठ सिइओको उपाधि कुलमान घिसिङले जिते । उनले बेस्ट सिइओ अफ पब्लिक सेक्टर र सर्वाधिक लोकप्रिय सिइओको अवार्ड हात पारेका थिए ।
त्यस्तै नेपाल चेम्वर अफ कमर्सले घिसिङलाई बेष्ट मेनेजर अवार्ड प्रदान गर्यो । उज्यालो अभियानका नायक भन्दै घिसिङलाई तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले घिसिङलाई अवार्डसहित सम्मान गरेका थिए ।
झापामा एउटा चोकको नाममै ‘कुलमान घिसिङ चोक’ राखिएको छ । कन्काई ४ र शिवसताक्षी १० को बीचमा पर्ने टेक्रा गाउँवासीले आफ्नो गाउँको नाममै परिवर्तन गरी कुलमानको नाम जोडेर नयाँ नामाकरण गरेका हुन् । टुकी बाल्दै आएको करिव एक सय परिवारले विद्युत पाएपछि नाम राखेका हुन् ।
यी त केही उदाहरण मात्रै हुन् । कुशल व्यवस्थापक र महत्वपूर्ण योगदानवापत उनलाई थुप्रै मान सम्मान, पदवी तथा अवार्डहरु प्रदान गरिएको छ ।
यतिबेला सबैभन्दा बढी कोहीले वाहवाही पाएका छन् भने उनै घिसिङले पाएका छन् । चर्चित सर्च इञ्जिन गुगलमा ‘कुलमान घिसिङ’ लेखेर सर्च गर्नुभयो भने उनको नामसँगै जोडिएर आउने शब्द हो ‘सम्मानित’ । त्यस्तै अनलाइन सञ्चारमाध्यमहरुले कुलमानसँग सम्बन्धित समाचार लेख्दा नजोडी नछोड्ने शब्दहरु हुन् कुलमानको ‘कमाल’, कुलमानको ‘करामत’, कुलमानको ‘छलाङ’ आदि इत्यादि ।
पछिल्लो समय त ‘बिजुली बत्ती’ र ‘कुलमान घिसिङ’को नाम पयार्यवाची शब्द झै बन्न थालेका छन् । त्यसो त अचेलका युवापुस्ताहरु ‘बत्ती आयो’ र ‘बत्ती गयो’ भन्नुको सट्टा ‘कुलमान आयो’, ‘कुलमान गयो’ भन्न थालेका छन् । कुलमान घिसिङको यतिधेरै वाहवाही हुनुका पछाडि उनको कार्यक्षमता र कार्यशैली नै प्रमुख हुन् । आखिर उनले के के गरे ?
हेर्नुहोस् भिडियो रिपोर्ट





























प्रतिक्रिया