सञ्चारमन्त्रीको कटाक्ष : ‘वाइडबडी हराएको छैन, अस्ति हातहातमा देखेको थिएँ’

सञ्चारमन्त्रीको कटाक्ष : ‘वाइडबडी हराएको छैन, अस्ति हातहातमा देखेको थिएँ’

केन्द्रबिन्दु
0
Shares

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले वाइडबडी खरिद प्रकरणबारे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई कटाक्ष गरेका छन्।

मन्त्रिपरिषद् निर्णयबारे जानकारी दिनका लागि बिहीवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बास्कोटाले कटाक्ष गरेका हुन्।  उनले वाइडबडी खरिद प्रक्रियामा भएको भ्रष्टाचारमा छानबिन प्रक्रिया जारी रहेको बताएका छन् ।

मन्त्री बाँस्कोटाले वाइडबडी कतै नहराएको भन्दै उनले भने, ‘वाइडबडी हराएको छैन, अस्ति भर्खर मैले ठू-ठूला वाइडबडी मान्छेको हातहातमा देखेको थिएँ,’ ।

नेपाली कांग्रेसले ‘डमी’ वाइडबडी लिएर गरेको सरकारविरोधी प्रदर्शन गरेको थियो ।

Logo