‘मनलाई जिते जित’ पुस्तकको लोकार्पण

‘मनलाई जिते जित’ पुस्तकको लोकार्पण

केन्द्रबिन्दु
12
Shares

काठमाडौँ । काठमाडौको कमलपोखरीस्थित जैन भवनको आचार्य श्री महाश्रमण सभाकक्षमा एक विशेष समारोहबीच ‘मनलाई जिते जित’ पुस्तकको लोकार्पण सम्पन्न भएको छ ।

ग्रन्थकार आचार्य श्री महाप्रज्ञको धर्म परम्पराका सन्त तथा प्रेक्षा ध्यान साधक मुनि रमेशकुमार जी, पुस्तकका प्रकाशक शेखर गोल्छा, गोल्छा परिवारका जेष्ठ व्यक्तित्व तथा भगवान् महावीर जैन निकेतनका अध्यक्ष लोकमान्य गोल्छा, बागमती प्रदेशका सामाजिक मामिला मन्त्री हरिप्रभा खड्गी, जोन्टा क्वलकी पूर्वअध्यक्ष सीमा गोल्छा, जितो नेपालका अध्यक्ष कमलकुमार बेगानी, श्री जैन श्वेताम्बर तेरापन्थ सभाका अध्यक्ष शुभागमल जम्मड, नेपाल स्तरीय जैन श्वेताम्बर तेरापन्थ सभाका अध्यक्ष दिनेशकुमार नौलखा, जैन श्वेताम्बर तेरापन्थी महिला मण्डलका अध्यक्ष निशा जैन, तेरापन्थ युवक परिषद्का अध्यक्ष सन्दीप भटेरा, नेपाल जैन परिषद्का अध्यक्ष बिमल राखेचा, श्री आदिनाथ दिगम्बर जैन श्वेताम्बर मूर्तिपूजक समाजका अध्यक्ष सुभाष जैन समेतले संयुक्त रुपमा पुस्तकको लोकापर्ण गरेका हुन् ।

लोकार्पण समारोहलाई स्वागत मन्तव्य दिँदै ‘मनलाई जिते जित’ पुस्तकका प्रकाशक शेखर गोल्छाले भने, ‘मनलाई जिते जित’ एक आध्यात्मिक ग्रन्थ हो । यस ग्रन्थका प्रवचनकार अध्यात्म दर्शनका विशिष्ट विद्वान्, महान दार्शनिक, ध्यानयोगी, लेखक र विचारक तेरापन्थ धर्म संघका महान आचार्य हुनुहन्थ्यो ।’

‘मनलाई जिते जित’ मा आचार्यद्वारा ध्यान शिविरमा सहभागी साधक साधिकाहरूको लागि दिइएका प्रवचनहरु समावेश छन् । उनले अगाडि भने, ‘महाप्राज्ञले आफ्नो जीवनयात्रामा सयौँ यस्ता अध्यात्म ग्रन्थहरूको निर्माण गर्नुभएको छ, जुन कुनै धर्म विशेषका व्यक्तिहरूको लागि नभई सार्वभौम छन् । प्रत्येक विचारशील व्यक्तिका लागि सुपाच्य, सरल र सजिलो भाषामा प्रचुर मात्रामा यस्तो पठनीय सामग्रीको प्रस्तुति यी पुस्तकहरूमा गर्नुभएको छ । ’मनलाई जिते जित’ उहाँका पुस्तक श्रृङ्खलामध्येको अग्रज ग्रन्थ हो । उहाँका अद्भूत प्रवचनहरूको सङ्गालोको रूपमा यी पुस्तकहरूको सम्पादन सुविज्ञ मुनिहरूद्वारा गरिएको हो ।’ हिन्दी भाषा लगायतमा भाषामा यो ग्रन्थको २०औँ संस्करण प्रकाशित भइसकेका छन् ।

‘यस ग्रन्थका नेपाली भाषाका सम्पादक मेरा पूज्य बुबा शासनसेवी, समाजरत्न श्री हुलासचन्द गोल्छा हुनुहुन्थो । उहाँ देव गुरू, धर्म संघ, धर्म आचार्य, साधु साध्वी अत्यन्त श्रध्दानिष्ठ तथा समर्पित हुनुहुन्थ्यो । यति मात्र हैन उहाँ दैनिक सामायिक र प्रेक्षा ध्यानको साधक पनि हुनुहन्थ्यो ।’ उनले भने, ‘मेरो पुस्ताका साथै युवा पुस्तालाई पनि यस ग्रन्थको अध्ययनबाट तनावबाट मुक्ति तथा आनन्ददायक अनुभव हुने मैले ठानेको छु ।’

उक्त पुस्तक लोकार्पण समारोहको सञ्चालन डा नमन उपाध्यायले गरेका थिए । साथै उक्त समारोहमा श्री जैन श्वेताम्बर तेरापन्थ सभाका अध्यक्ष शुभागमल जम्मड तथा श्री जैन श्वेताम्बर तेरापन्थ सभाका सल्लाहकार रणजित सिंह भन्सालीले मन्नव्य व्यक्त गरेका थिए ।

Skip This
Skip This
Logo