काठमाडौं
पश्चिम वायुको प्रभावले आज देखि ३ दिन सम्म उच्च पहाडी भागमा भारी वर्षा र हिमपात हुने भएको छ ।
आज देशका पश्चिमी क्षेत्रमा हिमपात र वर्षा हुने र राजधानी काठमाडौं उपत्यकामा बिहानैदेखि पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले राजधानीमा पानी परिरहेको छ ।
उच्च हिमाली क्षेत्रमा भारी हिमपात र केही पहाडी भू–भागमा भारी वर्षाको सम्भावना छ,’ मौसमविद् गंगा नगरकोटीले भन्नुभयो, ‘उपत्यकामा आज बिहानैदेखि पानी पर्छ र दिउँसो पनि बादल लागिरहनेछ । यो क्रम शुक्रबारसम्म चल्नेछ ।’
मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने छ । देशका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम वर्षा र देशको पश्चिमी साथै मध्य भूभागमा भारी वर्षा समेत हुने सम्भावना देखिएको छ ।
उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानहरुमा भने हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको मौसमविद नगरकोटीले जानकारी दिनुभयो ।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया