काठमाडौं । अहिले नेपालीहरु विश्वभर फैलिएर रहेका छन् । आफ्नो देश छाडी अध्ययन तथा रोजगारीका सिलसिलामा विश्वका कुनाकाप्चामा पुगेका नेपालीले आफ्नो राजदूतका बारेमा थाहा पाईराख्नु जरुरी हुन्छ । तपाई बसेको देशमा रहेको नेपाली दूतावास र राजदूतको बारेमा जानकारी दिने उद्देश्यले यो सामाग्री तयार पारेका छौं ।
भारत लामो समयदेखि रिक्त रहेको भारतको राजदूतमा निलाम्वर आचार्य नियुक्त भएका छन् । आचार्यलाई गत आइतबार राष्टपति विद्यादेवी भण्डारीले राजदूतमा नियुक्त गरेका हुन् ।
आचार्यलाई गत मंसिर २३ गते बसेको संसदीय समितिको बैठकले अनुमोदन गरेको थियो । विस २००० सालमा सल्यानको खलंगामा जन्मेका आचार्यले कानुनमा स्नातक र मस्कोबाट पत्रकारितामा एमए गरेका छन् ।
आचार्य विस २०१९ बाट राजनीतिमा लागेका हुन् भने २०४२ सालबाट कम्युनिष्ट आन्दोनलमा लागेका हुन् । आचार्य २०४७ सालमा अन्तरिम सरकारमा कानुन तथा न्यायमन्त्री बनेका थिए ।
त्यस्तै २०५३ देखि २०५६ सम्म आचार्य श्रीलंकाका राजदूत बनेका थिए । पहिलो संविधान सभामा आचार्यलाई मनोनित कोटाबाट नेपाली कांग्रेसले सदस्य बनाएको थियो । भारतीय दूतावासमा सम्पर्क गर्न स्क्रिनमा देखाइएको नम्वरमा सम्पर्क गर्न सक्नु हुन्छ । थप तलको भिडियोमाः































प्रतिक्रिया