काठमाडौँ । आज विश्व शौचालय दिवस । संयुक्त राष्ट्र संघले १९ नोभेम्बरलाई विश्व शौचालय दिवसको रुपमा मनाउँदै आएको छ । यस वर्ष पनि नेपाल सहित विश्वभर ‘शौचालय, शान्तिका लागि ठाउँ’ भन्ने मूल नारासहित विभिन्न कार्यक्रम गरेर मनाइँदै छ ।
विश्वका सबै नागरिकहरूलाई सुरक्षित शौचालयको पहुँचमा पुगाउने तथा विश्वमा स्वास्थ्य र सरसफाइको स्तर कायम गरी मानव जीवन सुरक्षित बनाउने उद्देश्यले विश्व शौचालय दिवस मनाउन थालिएको हो ।
संयुक्त राष्ट्र संघले सन् २०१३ देखि औपचारिक रूपमा १९ नोभेम्बरलाई विश्व शौचालय दिवसको मनाउन थालेको हो । राष्ट्र संघको महासभामा सिंगापुरले यो प्रस्ताव पेश गरेको थियो । त्यसयता राष्ट्र संघको यूएन वाटर भन्ने निकायले यस दिवस मनाउने कार्यको संयोजन गर्दै आएको छ ।
त्यस अगाडि सिंगापुरमा अवस्थित विश्व शौचालय संस्था (वर्ल्ड ट्वाइलेट अर्गनाइजेशन) नाम एक गैरसरकारी संस्थाले सन् २००१ देखि अनौपचारिक रूपमा विश्व शौचालय दिवस मनाउन थालेको थियो ।
अझै पनि संसारभरि लगभग अढाइ करोड मान्छेहरूले शौचालय प्रयोग नगरेको तथ्याङ्क छ, करिब १० जनामध्ये एक जना संसारको मान्छेले अझै पनि शौचालयमा शौच गर्ने विकल्प नपाएको विश्व स्वास्थ्य सङ्गठनको सन् २०१५ को सर्वेक्षणले देखाएको छ ।
नेपालमा बिस्तारै घरघरमा शौचालयको दैनिक प्रयोगमा बृद्धि हुन थालेको भए पनि बढ्दो सहरीकरणको नमूना जिल्लाहरूमा नगर विस्तारका सोचहरूमा सार्वजनिक शौचालय प्राथमिकतामा पर्दैन, उचित सरसफाइ तथा व्यवस्थापन छैन ।





























प्रतिक्रिया