काठमाडौँ । ओशोधारा बुद्धनगर ध्यान केन्द्रले एक दिवसीय ध्यान तथा प्रज्ञा कार्यक्रमको आयोजना गर्ने भएको छ । काठमाडौँको नयाँबानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्समा ध्यानयोग कार्यक्रमको आयोजना हुने भएको हो ।
ओशोधाराका संस्थापक समर्थगुरु सिद्धार्थ औलियाद्वारा प्रवर्द्धित ध्यान र प्रज्ञा गरी दुई सत्रमा आयोजना हुने उक्त कार्यक्रम यही मंसिर १५ गते (नोभेम्बर ३०) बिहान ७ः३० बजेदेखि साँझ ५ः३० बजेसम्म सञ्चालन हुनेछ ।
कार्यक्रमबाट जीवनप्रतिको सकारात्मक दृष्टिकोण, शान्तिका लागि जागरणको कला, सम्बन्धहरूमा सुमधुरता, ध्यान र प्रेमको आशिषका साथै दिव्य जीवनको सुरुवात गर्न साधकहरू एकै दिनमा समर्थ हुने समर्थगुरूबाट नियुक्त नेपालकी राष्ट्रिय संयोजक मञ्जु शर्माले जानकारी दिइन् ।
शर्माका अनुसार ध्यान र प्रज्ञालाई केही प्रयोगका साथ अन्तक्रियात्मक तरिकाले प्रज्ञा कार्यक्रमसँग परिचित गराइने छ । विद्यार्थी, गृहिणी, कर्मचारी, व्यवसायी र व्यापारीका साथै जुनसुकै पेशा वा लक्ष्य लिएका व्यक्तिहरूलाई यो कार्यक्रम उपयुक्त र फाइदाजनक हुने आयोजकले बताएको छ ।
ध्यानले खुशी र उत्सवपूर्ण हुन सिकाउँछ भने प्रज्ञाले संसारमा सजिलो, शान्त र सफलताका साथ अघि बढ्न सिकाउँछ । ध्यान र प्रज्ञाको माध्यमबाट मानव शरीरको आन्तरिक ऊर्जा जगाउने र यसले खुशीका साथै सजिलैसँग प्रेमको महसुस गराउँछ । ओशोधारा बुद्धनगर ध्यान केन्द्रले यसअघि पनि ध्यानयोगका कार्यक्रम गर्दै आएको छ । यो कार्यक्रमले मानिसको दैनिकीमा पनि सहजीकरण हुने विश्वास लिइएको छ ।






























प्रतिक्रिया