एजेन्सी । बाच्नुपर्छ यो संसारमा अनेकन प्रकारका मान्छे देख्न पाईन्छन् । मानिसको भिन्न स्वभाव तथा चरित्र हुन्छ । अनेकथरीका मानिसहरु हुन्छन् ।
कोही मानिस आफ्नो जीवनबाट एकदमै खुशी छन् । तर केही यस्ता पात्र पनि देख्न पाईन्छन्, जो आफु जन्मिएको पश्चाताप गर्छन् । यस्तैमा एक व्यक्तिले आफुलाई किन जन्म दिएको भन्दै आमा बुबा विरुद्ध मुद्दा हाल्ने जनाएका छन् ।
भारतको मुम्बइमा बस्ने २७ वर्षीय राफेल सामुअल आफ्नै आमा बुबाविरुद्ध मुद्दा हाल्ने तयारी थालेका हुन् । आमा बुवालाई निकै माया गर्ने तर उनीहरुले आफ्नो स्वार्थको लागि आफुलाई जन्म दिएको उनको आरोप छ ।
उनले भनेका छन्, ‘म मेरा बुवाआमालाई निकै माया गर्दछु । उनीहरुसँग मेरो निकै राम्रो सम्बन्ध छ । तर उनीहरुले आफ्नो स्वार्थका लागि मलाई जन्माएका हुन् ।’ यस्तो आरोप लगाउँदै आफ्ना बुवाआमामाथि नै मुद्दा हाल्ने तयारी गरेका हुन् । आफ्नो अनुमतिविना नै बावुआमाले आफूलाई जन्माएकोमा उनी रुष्ट छन् ।
उनको जीवनयापन राम्रैसँग चलिरहेको छ । तर बच्चा जन्माउनु भनेको अपहरण र दासता हो भन्ने उनलाई लागेको छ । मैले बुझ्न सकेको छैन कि म एक अर्को जिन्दगीलाई स्कुल, करिअर आदिको झमेलामा किन फसाउँ, उनी भन्छन् ।
राफेल एन्टी नटालिज्मका समर्थक हुन् । उक्त दर्शन मान्नेहरु जन्मको विरुद्धमा हुन्छन् । यस सिद्धान्त अनुसार बच्चा जन्माउनुको अर्थ कसैको इच्छा विपरीत उसमाथि जिन्दगी थोपर्नु हो । मानिसमा बच्चा नजन्माउने र आफ्ना बाउआमासँग आफूलाई किन जन्माएको ? भनेर सोध्ने अधिकार हुनुपर्दछ ।
यस विषयमा एउटा आन्दोलन पनि छ । जसले बच्चा नजन्माइकन बाँच्नका लागि प्रेरित गर्दछ । सो आन्दोलनको नाम भोलुन्टरी ह्युमन एक्सटींगसन मुभमेन्ट हो ।





























प्रतिक्रिया