तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछार अर्थात् नयाँ वर्ष पर्व विविध कार्यक्रमको आयोजना गरी मनाएको थियो । मञ्जुश्री पात्रो अनुसार यो वर्षको ल्होछार कुकुर वर्ष पूरा गरी सुँगुर वर्षमा प्रवेश भउको छ ।
यो २८५५ औँ सोनाम ल्होछार हो । मञ्जुश्री पात्रो शुरु भएको २८५५ औँ वर्ष भएकाले सोनाम ल्होछार पनि त्यति नै वर्ष भएको बताईएको छ ।
प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होछार पर्व मनाइन्छ । ल्होसारका १२ वटै वर्ष पशुपंक्षीको नामबाट गणना गरिएको छ ।
मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्षमा सोनाम ल्होछारलाई विभाजन गरिएको छ ।
यस अवसरमा नेपाल तामाङ घेदुङलगायत संस्थाले टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरेको थियो । उक्त कार्यक्रममा खानाका बिभिन्न परिकार, टुंडिखेलबाट निकालिएको र्याली र त्यहाँ भएका मनमोहक दृष्यहरुको हामीले बिशेष जानकारी दिएका छौँ । बाँकि भिडियोमा ।





























प्रतिक्रिया