एउटा बाँदर समाते दुई हजार !

एउटा बाँदर समाते दुई हजार !

केन्द्रबिन्दु
0
Shares

खोटाङ

खोटाङका किसानलाई हैरान पारिरहेका बाँदरलाई समातेर निकुञ्ज पुर्याउने तयारी गरिएको छ । खेतबारीमा लगाएको मकै, गहुँ, कोदो, अलैंची, आलु, धान, मास, दाल, करेला, सुन्तला, कागती, केरा लगायतका बालीनाली सखाप पारेर हैरान बनाएपछि बाँदरलाई भारतीय पेसेवर सिकारीको सहयोगमा समातेर राष्ट्रिय निकुञ्जमा लगी छाड्ने तयारी थालिएको हो ।

जिल्लाका विभिन्न जंगलमा भएका बाँदरलाई खोर र जाल थापेर समात्न भारत खुसीनगर उत्तरप्रदेशका मुखतार सिकारीसहित दुईजना दिक्तेल आइपुगेको बाँदर नियन्त्रण तथा व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले जानकारी दिए ।

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाबाट सुरु गरिने ‘बाँदर समाउ अभियान’ जिल्लाका १० वटै स्थानीय तहमा पुर्याइने समितिले जनाएको छ । बाँदर आतंक नियन्त्रण गर्न बाँदर व्यवस्थापन समितिलाई नगरपालिकाले पाँच लाख रुपैयाँ बजेट उपलब्ध गराएको छ ।

आगामी जेठ मसान्तभित्र प्रतिगोटा दुई हजार रुपैयाँका दरले २ सय ५० वटा बाँदर समात्नेगरी नगरपालिका र बाँदर नियन्त्रण तथा व्यवस्थापन समितिबीच सम्झौता भएको अध्यक्ष घिमिरेले जानकारी दिए ।
नागरिकबाट

Logo