काठमाडौं
शैक्षिक सत्र ०७६ का लागि तय गरिएको विद्यार्थी संख्यामा झन्डै १२ लाख विद्यार्थी कम देखिएको छ । सरकारले तयार गरेको फ्ल्यास रिपोर्टका आधारमा १२ लाख विद्यार्थी कम देखिएको हो ।
शिक्षा तथा मावन स्रोत विकास केन्द्रले हचुवाको भरमा तथ्याङ्क निकाल्ने गरेको देखिएको छ । फ्ल्यास रिपोर्ट अनुसार तत्कालीन शिक्षा विभागले जनक शिक्षा सामग्री केन्द्रलाई करिब ६८ लाख विद्यार्थीलाई पुग्ने पाठ्यपुस्तक छपाइ गर्न निर्देशन दिएको थियो । केन्द्रका अनुसार गतवर्ष ६८ लाख ७ हजार ५ सय ५२ विद्यार्थी स्कुलमा उपस्थित थिए ।
तर शैक्षिक सत्र ०७५ मा यो संख्यामा १२ लाखले घटेर ५६ लाखको हाराहारीमा पुगेको छ । केन्द्रले दिएको तथ्याङ्क अनुसार शैक्षिक सत्र ०७६ का लागि ५६ लाख ९ हजार ५ सय ९३ विद्यार्थी रहने जनाएको छ । चालू आर्थिक वर्षमा ११ लाख ९७ हजार ८ सय ५९ विद्यार्थी कम रहेका छन् ।
कहाँ हराए गत वर्ष भर्ना भएका करिब १२ लाख विद्यार्थी ? यो विषयमा केन्द्रले कुनै उत्तर दिन सकेको छैन । केन्द्रका शैक्षिक सूचना व्यवस्थापन शाखाका निर्देशक गोविन्दप्रसाद शर्माले विद्यार्थीको एकिन तथ्याङ्क निकाल्दा केही घटेको हुनसक्ने बताउनुभयो । उहाँले भन्नुभयो– ‘सबै विद्यार्थीको एकिन तथ्याङ्क संकलन गर्न तीनपुस्ते फाराम भरेका कारण केही नक्कली विद्यार्थीको संख्या घटेको हुनसक्छ ।’
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया