नेपाल आइपुगे भारतीय सेना प्रमुख

नेपाल आइपुगे भारतीय सेना प्रमुख

केन्द्रबिन्दु
27
Shares

काठमाडौँ । भारतीय सेना प्रमुख उपेन्द्र द्विवेदी नेपाल आइपुगेका छन् । उनी बुधबार काठमाडौँमा अवतरण गरेका हुन् ।

नेपाली सेनाको मानार्थ महारथी दर्जा लिन उनी बुधबार काठमाडौँमा आइपुगेका हुन् ।

उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले यही बिहीबार नेपाली सेनाको मानार्थ महारथीको दर्जा दिने कार्यक्रम छ । नेपाल र भारतबीच एकअर्काका सेना प्रमुखलाई मानार्थ महारथीका रुपमा सम्मान गर्ने चलन छ । त्यही परम्परालाई निरन्तरता दिन भारतीय सेना प्रमुख द्विवेदी नेपाल आइपुगेका हुन् ।

Skip This
Skip This
Logo