यतिबेला श्रीस्वस्थानी ब्रत कथा चलिरहेको छ । पुष शुक्ल पूर्णिमादेखि सुरु भएको स्वस्थानी माघ शुक्ल पूर्णिमाका दिन समापन गरिन्छ । एक महिनासम्म चल्ने श्रीस्वस्थानी ब्रतमा भगवान शिवको पूजा आराधना गरिन्छ ।
सत्य युगमा हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउन श्री स्वस्थानीको ब्रत बसेको र चिताएको पुरा भएको विश्वासमा श्री स्वस्थानी ब्रतकथा र माघ स्नानको प्रचलन रहेको विश्वास गरिन्छ ।
विशेष गरि महिलाहरू मात्र ब्रतालु हुने यो ब्रत बस्नाले ब्रत कथामा बर्णन गरिएजस्तै सुख, शान्ति, समृद्धि मिल्नुका साथै रोगब्याध पनि नष्ट हुने विश्वास गरिन्छ ।
एक महिनासम्म चल्ने श्री स्वस्थानी ब्रत कथामा प्रत्येक दिन एकएक अध्याय वाचन गर्ने गरिन्छ । स्वस्थानीको १६ औं अध्यायमा महादेवले रावणलाई पार्वती दिएको प्रशंग उल्लेख गरिएको छ । रावणको तपस्याबाट प्रशन्न भई महादेवले तालमा पार्वतीलाई दिन्छन् । पछि विष्णुले थाहा पाएर रावणसँग यो त नक्कली पार्वती हो भन्दै उनले फिर्ता गर्छन् । थप भिडियोमाः





























प्रतिक्रिया