हाडनाता करणीका अभियुक्त २८ वर्षपछि पक्राउ

हाडनाता करणीका अभियुक्त २८ वर्षपछि पक्राउ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । हाडनाता करणी कसूरमा कसर ठहरिएका एक व्यक्ति २८ वर्षपछि पक्राउ परेका छन् । भोजपुर छिनामखु गाविस ९ बोबोक घर भई हाल सुनसरीको इटहरीमा बस्दै आएका ७१ वर्षका बखतबहादुर कठेत २८ वर्षपछि पक्राउ परेका हुन् ।

उनलाई जिल्ला अदालत भोजपुरको २०४७ बैखाश २३ गते हाडनाता करणी कसूरमा ४ वर्ष कैद सजाय तोकेको थियो । त्यसपछि उनी फरार थिए ।

जिल्ला प्रहरी कार्यालय भोजपुरले २०७५ माघ २० गते पक्राउ गरेर जिल्ला अदालतमा पेश गरेर जेल चलान भएका छन् । कैद सजाय भुक्तान गराउन कारागार कार्यालय भोजपुर चलान गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

Logo