श्रीमानले अपहरण गर्ने, श्रीमतीले असुल्ने

श्रीमानले अपहरण गर्ने, श्रीमतीले असुल्ने

केन्द्रबिन्दु
0
Shares

प्रहरीले बालिका अपहरणमा संलग्न गुप्ता दम्पतीलाई पक्राउ गरेको छ ।  प्रहरीले महोत्तरीको भित्तामोडमा लुकीछिपी बसिरहेको अवस्थामा बालिका अपहरण गर्ने जनकपुरका मनिषकुमार गुप्तालाई पक्राउ गरेको हो  ।

गुप्तालाई अहिले काठमाडौँ ल्याउन लागिएको छ। गुप्ताले प्रसूतिगृहमा कार्यरत चिकित्सक बबिता शाहकी दुई वर्षीया छोरी सन्दिज्ञलाई अपहरण गरेका थिए। गुप्ताका परिवारले जनकपुरमा पैसा बुझेपछि उनले सोही दिन तिलगङ्गास्थित गणेश होटल अगाडि बालिका छाडेर फरार भएका थिए ।

प्रहरीका अनुसार श्रीमान् गुप्ताले अपहरण गर्ने र  उनकी श्रीमती अर्चना गुप्ताले रकम असुल्ने काम गर्दै आएका थिए।  अर्चनालाई प्रहरीले सोही दिन पक्राउ गरेर मुद्दा दर्ता गर्नाका साथै अनुसन्धान जारी राखेको छ ।

Logo