काठमाडौँ
चितवनमा चारजना किसानले एकसाथ तरकारीखेतीमा ट्याक्टर लगाएका छन् । आफूले उत्पादन गरेको तरकारी उत्पादनले बजारभाउ नपाएपछि सोमबार चितवन खैरहनी नगपालिका–१ ज्यामिरेका नवराज भुसाल, इन्दिरा भुसाल, सूर्यप्रसाद भुसाल र कृष्ण सापकोटाले बन्दाकोभी र मुलाखेती नष्ट गरेका हुन् । दुई साताअघि खैरहनी नगरपालिका–६ तुलसीपुरका किसान पुरन महतोले १५ कट्ठा क्षेत्रफलमा लगाएको लाखौँ मूल्यबराबरको बन्दा र मुला नष्ट गरेका थिए ।
सित्तैमा लैजानु भन्दा पनि बिचौलियाले मानेनन्
ज्यामिरेका नवराज भुसालले चारजना किसानले २४ कट्ठाभन्दा बढी क्षेत्रफलमा लगाएको बन्दा नष्ट गरेको जानकारी दिए । आफूहरूले लगाएको बन्दा एक रुपैयाँमा उठाउन आग्रह गर्दासमेत नलगेको उनको गुनासो छ । भुसालले १० कट्ठामा लगाएको बन्दामध्ये सात कट्ठाको जेनतेन बिक्री भए पनि तीन कट्ठामा लगाएको बन्दा व्यापारीलाई सित्तैमा लैजान आग्रह गर्दासमेत लैजान नमानेको बताए । ‘ढुवानी भाडासमेत नउठ्ने भन्दै व्यापारीले बारीको बन्दा सित्तैमा पनि उठाउन मानेनन् । हामी सीधै बजारसँग कारोबार गर्न सक्दैनौँ, बिचौलियको भर पर्दा मिहिनेतका साथ लगाइएको बन्दामा आफैले ट्र्याक्टर लगायौँ,’ उनले भने ।
नयाँ पत्रिकाबाट





























प्रतिक्रिया