केन्द्रबिन्दु डटकम र  केन्द्रबिन्दुको युट्युब च्यानल  मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । "/>

कांग्रेसको शक्ति प्रदर्शनदेखि क्रिकेटरलाई रातो कार्पेटसम्म

कांग्रेसको शक्ति प्रदर्शनदेखि क्रिकेटरलाई रातो कार्पेटसम्म

केन्द्रबिन्दु
0
Shares

देश विदेशमा आज थुप्रै सकारात्मक तथा नकारात्मक घटना परिघटनाहरु भए । ति घटनाक्रमहरुलाई हामीले केन्द्रबिन्दु डटकम र  केन्द्रबिन्दुको युट्युब च्यानल  मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । यसरी अपडेट भएका अनेकौ समाचारहरु मध्ये प्रमुख समाचारहरुलाई यहाँ प्रस्तुत गर्दैछौ । हाइलाइट गरिएको शिर्षकहरुमा क्लिक गरेर बिस्तृत समाचार पढ्न सक्नु हुन्छ ।

कांग्रेसको शक्ति प्रदर्शन, रत्नपार्कमा ‘वाइडबडी’

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारविरुद्ध काठमाडौंमा प्रर्दशन गरेको छ । सरकारले सर्वसत्तावाद र अधिनायकवादी चरित्र देखाएको भन्दै त्यसविरुद्ध आन्दोलन गर्न जनतालाई आह्वान गर्दै नेपाली काँग्रेसले सोमबार काठमाडौंमा र्याली सहितको विरोध प्रर्दशन गरेको हो । काठमाडौंको रत्नपार्कस्थित शान्ति वाटिकाबाट सुरु भएको काँग्रेसको विरोध प्रर्दशन बाघबजार, पुतलीसडक, प्रर्दशनीमार्ग, सहिदगेट, न्यूरोडगेट, वीर अस्पताल हुँदै पुनः रत्नपार्कमा आएर कोणसभामा परिणत भएको थियो ।

क्रिकेट खेलाडी स्वदेश फिर्ता: विमानस्थलमा रातो कार्पेट, खेलाडीलाई जनही ५ लाख

यूएईविरुद्ध एकदिवसीय र टी-२० सिरिज जितेर आएको नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ । एकदिवसीय र टी-२० सिरिज जित्दै ईतिहास रचेको नेपाली क्रिकेट टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रातो कार्पेटमा स्वागत गरिएको हो ।

भेनेजुयलालाई नेकपाको बलियो साथ, अमेरिकालाई हस्तक्षेप नगर्न सचेत

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले भेनेजुयलामा भएको अमेरिकी हस्तक्षेपको विरोध गर्ने पार्टीको अडान दोहो¥याएको छ । सोमबार बसेको पार्टी सचिवालय बैठकले भेनेजुयलामा भएको अमेरिकी हस्तक्षेपको विरोध गर्दै त्यहीका जनताले स्वतन्त्रतापूर्वक, शान्तिपूर्ण बाटोबाट समाधान गर्नुपर्दछ भन्ने पार्टीको अडान दोहोर्‍याएको हो ।

कार्यदललाई प्रगति विवरण बुझाउन सचिवालयको निर्देशन

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले एकता प्रक्रियामा बाँकी रहेका काम टुङ्ग्याउन गठित कार्यदललाई मङ्गलबारभित्र कार्यप्रगतिको विवरणसहितको प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको सचिवायल बैठकले अहिलेसम्म भएको कार्यप्रगति विवरण पेश गर्न निर्देशन दिएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

छुट अस्थायी करार शिक्षकहरु आन्दोलनको तयारीमा

२०७२ सालपछि नियुक्ती पाएका अस्थायी करार शिक्षकहरुले आन्दोलनको तयारी थालेका छन् । आफुहरुलाई पनि आन्तरिक परीक्षाको मौका दिनुपर्ने माग राख्दैं आएका देशभरका करिब १३ हजार अस्थायी करार शिक्षकहरुले आन्दोलनको तयारी थालेका हुन् ।

सुनको भाउले राख्यो नयाँ रेकर्ड

नेविसंघ भनेको ‘नेपाल विद्यार्थी संघ’ कि ‘नेपाल विगार्ने संघ’ ?

कांग्रेसको १६ मुद्धा: वाइडबडी प्रकरणदेखि सुनकाण्डसम्म

‘पराजित हुने डरले कांग्रेस स्ववियू निर्वाचनबाट भाग्दैछ’: झलनाथ खनाल

रेल खरीद प्रक्रिया सुरु

मुलुकलाई समृद्ध बनाउन ‘थिंक टयाङ्क’को जरुरी- उपराष्ट्रपति

भेनेजुएला: गुइदोलाई स्पेनको पनि समर्थन

रंगशाला निर्माणको सहयोगार्थ ‘धुर्मुस-सुन्तली’ मलेसिया जादैं

भेनेजुयलामाथि प्रतिबन्धको प्रभाव, तेलको मूल्यमा वृद्धि

शिखर सुजको जुत्ताचप्पल सेल मेला माघ २३ गते सम्म (भिडियोमा)

रंगशाला बनाउन धुर्मुस सुन्तलीले आफै चलाए डोजर (भिडियोमा)

यसका साथै केन्द्रबिन्दु डटकममा आज राजनीति, सामाजिक, स्वास्थ्य,  शिक्षा, आर्थिक,  प्रबिधि, कला, लाइफस्टाइल, खेलकुद, बिश्व बिबिध, बिचार लगायतका थुप्रै समाचारहरु प्रकाशन भएका छन् । सबै समाचार पढ्न यहाँ  क्लिक गर्न सक्नु हुन्छ। त्यस्तै केन्द्रबिन्दुको युट्युब च्यानल मा पनि बिभिन्न समाचार र मनोरोजनात्मक सामग्रीहरु प्रकाशन भएका छन् ।

Logo