नेपालमा क्यान्सरका कारण वर्षेनी १५ हजारको मृत्यु : सन्दर्भ आज विश्व क्यान्सर दिवस

नेपालमा क्यान्सरका कारण वर्षेनी १५ हजारको मृत्यु : सन्दर्भ आज विश्व क्यान्सर दिवस

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

आज विश्व क्यान्सर दिवस मनाइँदैछ । हरेक वर्ष फेब्रुअरी ४ मा विश्व क्यान्सर दिवस मनाउने गरिन्छ । म हुँ र म गर्छु भन्ने मुल नाराकासाथ यो वर्षको विश्व क्यान्सर दिवस मनाउन लागिएको हो ।

पछिल्लो समय नेपालमा क्यान्सर भयावह रुपमा देखापर्न थालेको छ । सार्क फेडरेसन अफ अंकोलोजिस्ट नेपालका अध्यक्ष वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा राजेन्द्र प्रसाद बरालले नेपालमा दैनिक रुपमा क्यान्सरका बिरामी बढीरहेको बताउनुभयो ।

पछिल्लो समय नेपालमा पुरुषमा फोक्सो र महिलालाई पाठेघरको क्यान्सर अत्यधिक मात्रामा देखापर्ने गरेको जानकारी दिदै उहाँले सुरुमै क्यान्सर रोग पत्ता लगाउन सके क्यान्सरलाई जित्न सकिने बताउनुभयो ।

पहिले–पहिले ‘क्यान्सर नो एनसर’ भन्ने चलन थियो, डा बरालले भन्नुभयो, “अहिले क्यान्सर रोग लागेका धेरै बिरामीले क्यान्सरलाई जितेर सहज जिवनयापन गरीरहनुभएको छ ।”
भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा ऋषिकेश नारायण श्रेष्ठले नेपालमा क्यान्सर रोग भयावह स्थितिमा देखा परीरहेको बताउनुभयो ।

क्यान्सरको रोकथामका लागि नेपालमा राज्य र व्यक्ति दुवैको उत्तिकै भूमिका रहे पनि त्यो भूमीका निर्वाह गर्न नसकेको बताउनुभयो । सरकारले क्यान्सर सम्बन्धी नीति ल्याउनुपर्ने भन्दै उहाँले क्यान्सर लागेकालाई एक लाख रुपियाँ दिएर क्यान्सर न्युनीकरण गर्न नसकिने धारणा व्यक्त गर्नुभयो ।

नेपालमा क्यान्सर सम्बन्धी उपचार हुने सबै अस्पतालमा फोक्सो, मुख , घाँटी, पाठेघर र स्तनको क्यान्सर बढीरहेको जानकारी दिदै क्यान्सर रोग विशेषज्ञ डा। श्रेष्ठले क्यान्सरलाई रोकथाम गर्न राज्यको पहिलो प्राथमिकता हुने बताउनुभयो ।

नेपालमा वर्सेनि ४० हजार नयाँ क्यान्सर रोगी थपिने चिकित्सकहरूको अनुमान छ । नेपालमा हाल जनसंख्याको आधारमा करीव ६५ हजार क्यान्सर रोगी छन् । जसमध्ये वर्षेनी १५ हजारको मृत्यु यसकै कारणले हुने गरेको छ ।
गोरखापत्रबाट

Logo